एजेन्सी - विश्वव्यापी महामारीको रूप लिएको कोरोना भाइरसको त्रासका कारण भारतीय अभिनेत्री कैट्रिना कैफले घरमै जीम सुरू गरेकी छन् ।
भारतले जीम, स्कूल, सपिङ मल जस्ता भीडभाड हुने क्षेत्रलाई बन्द गर्ने घोषणा गरेपछि बलिउडका कतिपय अभिनेता अभिनेत्रीहरू घरमै बसेर आफ्ना दैनिक काम गर्ने गर्न थालेका छन्।
अभिनेत्री कैट्रिना कैफले सामाजिक सन्जाल इन्स्टाग्राममा आफूले जीममा वर्कआउट गरेको भिडियो सार्वजनिक गर्दै आफूले घरमै जीम सुरू गरेको बताएकी हुन् ।
कैट्रिनाको सूर्यवंशी चलचित्र रिलिजको मिति कोरोनाकै कारण सरेको छ । यही मार्चमा रिलिज गर्ने तयारीमा राखिएको उक्त फिल्म कोरोनाकै कारणले अनिश्चितकालका लागि रोकिएको हो ।
११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ