Logo

शनिवार, आश्विन २४ गते २०८३

अ

दसैं- आर्थिक र राजनीतिक हतियार

दसैं- आर्थिक र राजनीतिक हतियार



नेपालमा अझै पनि दसैँ चाड हिन्दु धर्मालम्बीको मात्रै हो कि, सम्पूर्ण नेपालीको ? भन्ने सम्बन्धमा बहस र छलफल चलिरहेको देखिन्छ । वास्तवमा दसैँ कसको हो रु अनि दसैं चाड हो, पर्व हो, उत्सव हो वा महोत्सव नै हो? के हो ? जे भए तापनि दसैंलाई एक चाडका रुपमा अत्रिकांश नेपालीले मान्दै आएका छन् । र्जए तापनि दसैंबारे सकारात्मक, नकारात्मक ढंगले बहस, छलफल र तर्क–बितर्क हुनु राम्रै हो । दसैंबारे उपरी तहमा मात्रै नभएर भूईँ तहबाटै व्यापक रुपमा हुनुपर्छ ।  केही हदसम्म यस्तो बहस र छलफल भई रहेको देखिन्छ, पनि । 
हुन पनि दसैँ नेपालका कुनकुन जातजाति वा वर्गका मान्छेले आफ्नोपनसहित चाड वा पर्व का रुपमा भव्यताका साथ मनाउँछन् ? किटेर यसै भन्न सकिँदैन ! किनभने, कोही दसैँ चाड हिन्दु धर्मालम्बीको मात्रै हो भन्छन् । केही मानिस त दसैँ चाड हिन्दु धर्मालम्बीको पनि होइन ! भन्छन् । जस्तै लेखक पदम श्रेष्ठले सन् २०१९ अक्टोम्बरमा एक अनलाइनमा ‘दसैँ–तिहार हिन्दुहरुको चाड होइन’ शीर्षकमा विभिन्न उदाहरण र तर्कसहित एक लेख लेखेका थिए । उता १२ असोज २०७६ मा एक दैनिक पत्रिकामा डाक्टर मदन रिमालले पनि ‘हिन्दुको मात्रै होइन दसैँ’ शीर्षकमा अर्को लेख लेखेका थिए । त्यस्तै एक जना ‘राई !सरले चाहिँ ‘दसैँ किराती राई ! हरुको चाड’ भनी एक अनलाइनमा ‘अन्टसन्ट !’ लेख लेखेका थिए । यसरी हेर्दा खेरि दसैँ चाडबारे नेपालमा खुबै बहस र छलफल भैरहेको छ । दसैँ कसको, कसको होइन ? यस विषयमा छलफल र बहस भई रहने छ । विगतदेखि दसैँ चाड कुन–कुन जात, समूह, वर्ग अथवा जाति र समुदायको हो ? भनी लामो समससम्म बहस र छलफल गर्ने क्रममा विभिन्न तथ्य, तर्क, प्रमाण, आधार, उदाहरण दिने प्रयास जारी छ । 
खासखास तथ्य, प्रमाण, उदाहरण र परम्परा आदि हेर्दा दसैँ भनेको बिना कुनै धुकचुक हिन्दु धर्मालम्बीको  चाड हो ! भन्न सकिन्छ । चाड मात्रै होइन, हिन्दु धर्मालम्बीको ‘महान चाड !’  हो, भन्न सकिन्छ, दसैँलाई । जस्तै आर्य र खस समूहका मान्छेहरुले (खासगरी बाहुन क्षेत्रीहरुले) दशमीको दिन रातो रंगले मुसेको चामलको टिको लगाउँछन् भने, उनीहरु दशमीलाई ‘विजया दशमी !’ भन्छन् । जबकि नेपालका धेरै जसो आदिवासी जनजातिले चाहिँ वाध्यताले वा रहरले दसैँ मनाउँथे÷मनाउँछन् । तर, उनीहरुले दसैँमा बाहुन–क्षेत्रीले जस्तो रातो टीको नलगाएर दहीले मुसेको ‘सेतो टिको ! ’ लगाउने गर्छन् भने कुलुङ, शेर्पा, तामाङ, ह्योल्मो आदि जातिले त विगतदेखि नै दसैँ मनाउँदैन थिए÷मनाउँदैनन् । त्यस्तै घर लिपपोत गर्दा पनि सोही विधि अपनाउने गरेको देखिन्छ । त्यति मात्रै होइन, हिन्दु धर्मालम्बीले मर्यादा पुरुष मान्ने गरेको रामले रावणलाई मारेको तिथिमा (पहिलेपहिले गाउँघरमा चैते दसैं भन्ने गरिन्थ्यो । किनभने, चैत महिनामा सो दसैँ मान्ने गरिन्थ्यो) अहिले पनि गाऊँघरमा सो तिथिलाई चैते दसैँ नै भन्ने गरिन्छ ।
केही दशक अघिसम्म नेपालको राज्य संयन्त्र अन्तर्गग रहेको अर्थात् सरकारी सञ्चारमाध्यमहरु जस्तै रेडियो नेपाल, गोरखापत्र दैनिक, नेपाल टेलिभिजनमा ‘सम्पूर्ण नेपालीहरुको मात्र महान चाड बडा दसैं !’ को अवसरमा हार्दिक मंगलमय शुभकमना व्यक्त गरिन्थ्यो । यो वर्ष पनि नेपाल टेली कमले मोबाइल र फोनको ब्याक ट्युनमा जनगणनाको प्रचार बजाउन छाडेर मालश्री धून बजाई रहेको छ । यसरी हेर्दा धर्म निरपेक्ष भनिएको हाम्रो देश नेपालमा हिन्दु धर्मालम्बीहरुको महत्पवपूर्ण धार्मिक धून मालश्री धून नेपाल टेली कमले मोबाइल र फोनको ब्याक ट्युनमा बजाई रहेको छ । हुन त केही अतिवादी हिन्दुवादीहरु ‘बौद्ध, किरात र हिन्दुहरु एकै हुन्, उनीहरु ओम÷ऊँ कार परिवारका हुन् भनी भन्छन् भन्ने त माथि नै पनि उल्लेख गरिएको छ । तर, यदि त्यसो हो भने, किरातीहरुले किन आप्mनो पिता–पूर्खालाई ‘गाई–गोरु’को मासु चढाउँछन् ?, बौद्ध धर्मालम्बीहरु, किन काटमार नै गर्दैनन् ? सनातन हिन्दु धर्म वा ... हिन्दु धर्म भन्नेहरुले किन पशु–बलि दिन्छन् ? सोबारेमा उनीहरुले विस्तृत ढंगले व्याख्या गरेको देखिदैन ।
तर, आजभोलि माथि उल्लेखित सरकारी सञ्चारमाध्यम रेडियो नेपाल, गोरखापत्र दैनिक, नेपाल टेलिभिजन बाहेक निजी क्षेत्रबाट पनि प्रशस्तै टेलिभिजन, रेडियो, एफएम, पाक्षिक, साप्ताहिक र दैनिक पत्रत्रिकाहरु निक्लन्छन् । साथै निजी क्षेत्रबाट सञ्चालित ती टेलिभिजन, रेडियो, एफएम, पाक्षिक, साप्ताहिक र दैनिक पत्रत्रिकाहरुले समय साक्षेप बडा दसैं लगायत हिन्दुहरुले मान्ने अन्य चाडबाडहरुको अवसरमा छापिने, प्रसारित हुने र दृश्यमा देखिने शुभकामना विज्ञापन र सन्देशहरुमा  मा ‘सम्पूर्ण नेपालीहरुको मात्र महान चाड बडा दसैं !’ को सट्टामा ‘हिन्दुहरुको महान चाड बडा दसैं !’ को अवसरमा वा पावन अवसरमा ! शुभकामना विज्ञापन र सन्देशहरु छाप्ने, प्रसारित गर्ने र दृश्यमा देखाउन थाले । शुभकामना विज्ञापन र सन्देशहरु समय साक्षेप मान्न सकिन्छ । तर, केही अतिवादी हिन्दुहरुले निजी क्षेत्रको सञ्चारमाध्म जस्तै टेलिभिजन, रेडियो, एफएम, पाक्षिक, साप्ताहिक र दैनिक पत्रत्रिकाहरुले समय साक्षेप बडा दसैं लगायत हिन्दुहरुले मान्ने अन्य चाडबाडहरुको अवसरमा छाप्ने, प्रसार गर्ने र दृश्यमा देखाउने ती शुभकामना विज्ञापन र सन्देशहरुमा ‘सम्पूर्ण नेपालीहरुको मात्र महान चाड बडा दसैं !’ नभनेकोमा आक्रोशपूर्ण लेखहरु लेख्ने, प्रतिक्रिया दिने गर्थे÷गर्दैछन् । 
देशमा गणतन्त्र आएको, देश धर्म निरपेक्ष भएको संकेत गर्छ ? सायद विसं २०७२ असोजमा जारी भएको नेपाल र दक्षिण एसियाकै उत्कृष्ट संविधानमा ‘धर्म निरपेक्षता भन्नाले सनातनदेखि चली आएको ... ’ भनी ब्याख्या थप्नु वा भनौं प्रस्टीकरण दिनुको कारण हाल खुल्दै छ ।  
विसं २०६२÷०६३ मा जनताको बलमा भएको अभूतपूर्व राजनैतिक परिवर्तनपछि अब नेपाल राज्य केवल एकल हिन्दु जातिको मात्रै नभएर सबै जातजाति, भाषाभाषी, धार्मिक समूह आदिको पनि हो भन्ने वास्तविकतालाई आत्मसात गरेर त्यो बेलाको अन्तरिम संविधानमै नेपाललाई धर्म निरपेक्ष राष्ट्र भनी घोषित गरिएको थियो । तर, अभैm पनि विभिन्न कार्यक्रमहरुमा पाँचजना बाहुन (बटुक भनिन्छ होला)! हरुलाई मात्रै मन्त्रोत्उच्चारण गराईन्छ । त्यो पनि नेपालमा कुनै पनि जातवा जातिले मातृभाषाका रुपमा नबोल्ने संस्कृत भाषामा । के देश धर्म निरपेक्ष भएको प्रमाण यही हो ? कि भने माथि उल्लेख गरिएभैंm नेपालका अन्य धर्मालम्बीका प्रतिनिधिहरुलाई पनि बोलाएर समावेश गरेर हरेक कार्यक्रममा गर्नुपर्यो ।  किनभने, त्यसो गर्दा सबै धर्मालम्बीहरुलाई समेटिएको देखिन्छ भने समावेशी पनि देखिन्छ । तर, मुखले जे सुकै भनिए तापनि एकल हिन्दुवादीहरुकै हाली मुहाली भएर पनि होला, जहिले पनि  ५ जना बटुकहरुलाई मात्रै बोलाएर शान्ति स्वस्तीका लागि संस्कृत भाषामा मात्रै मन्त्रोच्चारण गराउंँने गर्छन् । वा भनौं पूजा पाठ गराउंँछन् । हुन त यो देशमा स्वघोषित विद्धानहरु नभएका होइनन् । तर, उनीहरुले पनि यस विषयमा खासै कुरा उठाउँदैनन् । हुन त राज्यको स्रोत, साधन, पहँुच र मिडियाहरु पनि उनीहरुकै हातमा छ । जसले गर्दा हाम्रो देशमा संघीयता, समावेशीता, धर्म निरपेक्षता लगायत उत्पीडितहरुको पक्षमा खासै वकालत गर्दिने मान्छेहरु वा भनौं विषय विज्ञ, विद्धान, प्रा.डा., विश्लेषक, लेखक, पत्रकारहरु भेटिदैनन् ।
त्यसैले के भन्न सकिन्छ भने, नेपालका थोरै हिन्दु अतिवादका मान्छेहरुले अझै पनि आफ्नो  पूरानो ढर्रा वा बिरासतलाई नै यो वा त्यो नाममा कायमै राख्न चाहन्छन् । देशका अन्य जात, जाति, समुदाय, भाषाभाषी, धर्म, सम्प्रदाय आदिलाई जोर–जबरजस्ती ! हिन्दु धर्म, हिन्दु संस्कार, हिन्दु संंंस्कृति आदि लाद्न चाहन्छन् । उनीहरु अभैm पनि देशको वास्तविक धरातललाई स्वीकार्न तयार छैनन् । हुन पनि ती अतिवादी हिन्दु समूहका मान्छेहरु दशैंं, तिहारलाई केवल हिन्दुहरुको मात्रै चाड हो भनी विभिन्न मिडियाहरुमा शुभकामना सनदेश निक्लन थालेकोमा र, सोही बमोजिम प्रचारप्रसार गर्ने गरेकोमा समेत रिसाउने वा भनौं असन्तुष्ट हुने गरेका छन् । यता आदिवासी जनजाति मानिसहरु जो क्षणिक राजनैतिक स्वार्थ र, व्यक्तिगत स्वार्थ बोकेका छन्, उनीहरुले पनि दसैं–तिहारलाई हाम्रो चाड होइन पनि भन्ने तर, त्यही दसैं–तिहारको उपलक्ष्यमा टन्न मासुभात र, जाँडरक्सी पनि खान छाड्दैनन् । झन् तिहारमा देउसी–भैलो खेल्न त तँंछाड–मछाड नै चल्छ ।         
जे होस्, दसैं र तिहार मात्रै होइन, जब पृथ्वीनारायण शाह र उनका भाइ भारदारले कथित् नेपाल एकीकरण गरे, त्यसपछि पूर्वका किरातीहरुलाई फुटाएर छोटे राजा (प्रभावशाली व्यक्तिहरुलाई) सरह पदवी, पगरी दिएर राई, सुब्बा, मुखिया, देवान आदि पदहरु दिए । साथै हिन्दु धर्म अनुसारको कर्म गर्ने उर्दीसहित शासन थोपरे । तिनीहरुलाई (जो राई, सुब्बा, मुखिया, देवान आदि भए) लाई आफूहरुले पनि हिन्दु धर्म मान्नु पर्ने र, रैती अर्थात् ज्यमी, जमी वा जिमीहरुलाई पनि बडादसैंमा टीका र जमरो लगाईदिएर हिन्दु धर्म मान्नै पर्ने वाध्यतात्मक परिस्थिति सिर्जना गराईयो । यसको प्रमाणको रुपमा धेरै उदाहरणहरु दिन सकिन्छ । तर, यो पंक्तिकार लिम्बुको भाञ्जा र, हाम्रो मावली बाजे (हजुरबा) समेत सुब्बा भएकोले के देखेको थियो भने, नवमीको दिन बिहान बोकोको बलि दिएर मौलोको वरिपरि तीनफन्को घुमाईन्थ्यो । त्यसरी घुमाई सकेपछि सुब्बा अर्थात् बाजेले हत्तपत्त आफ्नो घरको भित्तोमा दुवै हात बोकाकोे रगतमा चोपलेर पञ्जा छाप लगाउनु हुन्थ्यो । बालापन न हो, हामीलाई कहिले दसैं आउला र नयाँ लुगा लगाउन पाईएला, टन्न मासु भात खान पाईएला, रोटेपिङ खेल्न पाईएला, बजार जान पाईएला र, रमाईलो गर्न पाईएला भन्ने मात्रै थियो, त्यो बेला । तर, काठमाण्डौ आएर केही बुझ्ने भएर गाउँ फर्कँदा (२०४६ को परिवर्तनपछिको कुरो हो ।) मैले मेरा सुब्बा बाजेलाई त्यो बेला दसैंमा किन त्यसो गरिन्थ्यो भनेर सोध्दा सुब्बा बाजे भन्नुहुन्थ्यो ‘त्यसो नगरे त तेरो बाजेले उजुरी दिन्थ्यो नि त ?’ मेरो बाजे भनी सुब्बा बाजेले गरेको संकेत भने राज्यले खटाएको जोगी र पण्डितप्रति लक्षित थियो, अहिले बुभ्mदा ती जोगी राज्यले खटाएको जासुस रहेछन् ।
जसले जे भने पनि दसैँ चाडको अवसर (दसैँ आसपासको ३ महिना) मा मात्रै देशको वर्षभरिको सम्पूर्ण आर्थिक कारोबरको ४४ प्रतिशतदेखि ४७ प्रतिशत (लगभग आधा )रकम बराबरको व्यापार हुने गरेको भनी आर्थिक विषयमा सरोकार राख्ने ‘कारोबार दैनिक’ पत्रिकामा लगभग ८ वर्षअघि नै एक समाचार आएको थियो । यसरी हेर्दा दसैँ केवल चाड मात्रै नभएर राजनीतिक हतियारका साथै छोटो समयमा ठूलो मात्रामा हुने आर्थिक गतिविधि र राजनीतिक हतियारको एक शसक्त माध्यम पनि हो भन्दा कसै विमति राख्नुपर्ने जस्तो यो पङ्तिकारलाई लाग्दैन । 

 

 

निनाम लोवात्ती

author

सम्बन्धित समाचार
विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ