अहिले विश्वभर कोरोना भाइरसको त्रास फैलिएको छ । नेपालमा कोरोनाबाट बच्न नेपाल सरकारले आइतबारबाट अत्यावश्यक बाहेकका सेवाहरू १२ दिनका लागि बन्द गरिसकेको छ भने घरभन्दा बाहिर ननिस्कन आग्रह गरेको छ ।
यसै गरी कलाकारहरूले पनि सामाजिक सञ्जाल मार्फत सुरक्षित रहन अनुरोध गरिरहेका छन् ।
नायिका रेखा थापाले भिडियो सन्देशमा भनेकी छिन्, ‘कोरोना भाइरसबाट बच्न नियमित रुपमा साबुन पानीले हात धुनुपर्छ। त्यस्तै सेनिटाइजरको प्रयोग गर्न सकिन्छ । खोक्दा अथवा ह्याच्छुयु गर्दा टिस्यु पेपपरले नाक मुख छोप्ने गरौँ । प्रयोग गरिसकेको टिस्यु फेरि प्रयोग नगरौँ । प्रयोग गर्ने बित्तिकै डस्बिनमा हालिहालौँ । हात नधोई नाक मुख आँखा नछुनु । साथीभाइ भेट्दा अंकमाल नगरौँ, नमस्कार गरौँ । सकेसम्म घर बाहिर ननिस्कऔँ। यदि निस्कनपर्यो भने अनिर्वाय रूपमा माक्सको प्रयोग गरौँ ।’
त्यसै गरी कलाकार दीपकराज गिरीले फेसबुक लाइभ गर्दै पारिवारिक वातावरणमा बस्न आग्रह गरेका छन् । उनले भनेका छन्, ‘कोरोनाको बारेमा बुझ्न र पारिवारसँग घरमै समय बिताउन अवसर मिलेको छ । सरकारले पनि यति बेला संवेदनशील भएर सचेत रहन आग्रह गरेको छ । हामी यसलाई सकारात्मक लिनुपर्छ ।’
साथै उनले समाचार दिने सञ्चार माध्यमहरूलाई पनि छानेर मात्रै अध्ययन गर्न सुझाव दिए । उनले भने, ‘समाचार आजभोलि गतल दिनेहरु, भ्रम फैलाउनेहरु धेरै छन् । त्यसमा पनि आधिकारिता हेरेर मात्रै पढ्नुस् । सामाजिक सञ्जालको भ्रममा नफस्नुस् ।’
निर्देशक तथा कलाकार दीपाश्री निरौलाले पनि आफु बचौँ र अरुलाई बचाऊ भन्दै भिडियो सन्देश बनाएकी छिन् । उनले भनेकी छन्, ‘सरकारले नेपाललाई कोरोना भाइरसको उच्च जोखिममा राखेको कारण सकेसम्म घर बाहिर नस्किनुहोला । अति आवश्यक काम छ भने मात्र बाहिर निस्कनुहोला । घरबाट बाहिर जादाँ, घर बाहिरबाट आउदा २० देखि ३० सेकेन्डसम्म मज्जाले हात धुनुहोला । घरबाट निस्किँदा र घर फर्केपछि स्यानीटाइजरको प्रयोग गरौँ, मास्क लगाऔँ, भरसक भिडभाडमा नजाऔँ । नमस्कार गर्ने बानी बसालौँ । कोरोनाबाट बच्न आफै सचेत हौँ । आफू बचौँ र अरुलाई पनि बचाऔँ ।’
अभिनेत्री स्वस्तिमा खड्काले पनि भिडियो सन्देश दिँदै सम्भव भएसम्म घरबाट बाहिर ननिस्कन र निस्किनु नै पर्ने भए पनि मास्क लगाएर निस्किन आग्रह गरेकी छिन् । साथै सामाजिक सञ्जालहरूमा गलत समाचार शेयर हुन सक्ने सम्भावना भएकाले त्यस्ता समाचारलाई बेवास्ता गर्ने अनुरोध गरेकी छिन् ।
नायिका प्रियंका कार्की, केकी अधिकारी, साम्राज्ञी राज्यलक्ष्मी शाह, वर्षा सिवाकोटी, अनु शाह लगायतले पनि सुरक्षित बस्न अनुरोध गर्दै भिडियो पोष्ट गरेका छन् ।
कलाकर्मीहरूले आतंकित नबन्न र अरूलाई पनि नबनाउन अनुरोध गर्दै साबुन पानीले हात धुन, बाहिर जानु अगाडि र आइसकेपछि स्यानीटाइजर प्रयोग गर्न, मास्क अनिवार्य लगाउन र अत्यावश्यक बाहेक बाहिर ननिस्कन अनुरोध गरेका छन् । यो समयमा सकारात्मक कुरामा मन लगाउने र आफू वरिपरिका मानिसलाई पनि मनोवैज्ञानिक त्रासबाट बाहिर ल्याउनु पर्ने उनीहरूको जोड रहेको छ ।
११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ