काठमाडौँ । दक्षिण कोरियामा रहेका लोक दोहोरी गायक विष्णु पाण्डे र लोक दोहोरी गायनकी चर्चित गायिका पूर्णकला बिसीको युगल गायन रहेको ‘कृषि पेशा थाल्छु’ बोलको गीत सार्वजनिक भएको छ ।
प्रवासी भूमि दक्षिण कोरियालाई आफ्नो कर्मथलो बनाइरहेका गायक पाण्डेले परदेशमा रहेर पनि आफ्नो कलाकारिता क्षेत्रलाई निरन्तरता दिएका छन् । यसपटक भने पाण्डेले अलिक पृथक समसामयिकता झल्किने लोक दोहोरी गीत आफ्नै युट्युब च्यानल मार्फत बजारमा ल्याएका हुन् ।
रमेश परियारको शब्दरसंगीत रहेको गीतमा विनोद बाजुरालीको संगीत संयोजन रहेको छ । सुरेश श्रेष्ठको छायांकन तथा प्रकाश धमलाको सम्पादन रहेको छ ।
स्मृति तिमिल्सिना ‘गुरुआमा’ ले निर्देशन गरेको भिडियोमा राजु ढकाल, टीका भट्टराई र मनोज पाण्डेले अभिनय गरेका छन् । साथमा गायक विष्णु पाण्डेले समेत अभिनय गरेका छन् ।
तलको लिंकमा क्लिक गरी भिडियो हेर्नुहोस्ः
https://www.youtube.com/watch?v=9Uejj_Gq3yE&fbclid=IwAR2uUVTLGGraSubQwVJJrPO2IUbcDOtMioj6zhPONVpHCptdseh8k1JjTf0
११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ