अस्पतालबाट डिस्चार्ज भए भारतका गृहमन्त्री 

अस्पतालबाट डिस्चार्ज भए भारतका गृहमन्त्री 


अस्पतालबाट डिस्चार्ज भए भारतका गृहमन्त्री 

काठमाडौँ । भारतका केन्द्रीय गृहमन्त्री अमित शाह सोमबार एम्सबाट डिस्चार्ज भएका छन्। ५५ वर्षका शाहलाई १८ अगस्टमा पोस्ट कोभिड केयरका लागि भर्ना गरिएको थियो। उनलाई शरीर दुख्ने, थकान र रिंगटा लाग्ने भएको थियो।

गृहमन्त्रीलाई अगस्ट २ मा कोरोनाको संक्रमण देखिएको थियो। उनको कोरोनाको उपचार मेदान्त अस्पतालमा भएको थियो भने १४ अगस्टमा कोरोना रिपोर्ट नेगेटिभ आएपछि उनी मेन्दान्तबाट डिस्चार्ज भएर एम्समा भर्ना भएका थिए।

भारतमा कोरोना संक्रमितको संख्या बढेर ३६ लाख १९ हजार १ सय ६९ पुगेको  छ। पछिल्लो २४ घण्टामा यहाँ हालसम्मको सर्वाधिक संक्रमित भेटिएका छन् जुन ७९ हजार ४ सय ५७ रहेको छ। यसअघि शनिबार सबैभन्दा धेरै ७८ हजार ७ सय ७९ संक्रमित भेटिएका थिए । यस्तै ९ सय ६० को ज्यान गएको छ।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ