काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनाव आफूले जितिसकेको दाबी गरेका छन्। ह्वाइट हाउसमा आफ्ना सर्मथकलाई सम्बोधन गरी उनले आफूहरु ठूलो जितको क्रममा रहेको बताएका हुन्। उनले भने, ‘हामी चुनाव जित्ने तयारी छौँ । वास्तवमा भन्दा हामीले जितिसकेका छौँ।’
उनले चुनावको अन्तिम नतिजा नआउँदै जितको घोषणा गरेका हुन्। उनले अहिले मतगणा भइरहेका राज्यमा डेमोक्र्याटले धाँधली गरेको आरोप लगाएका छन्। उनले भने, ‘चुनावमा धाँधली भएको छ। हामी कानूनको पूर्ण पालना गराउन लाग्ने छौँ। सर्वोच्च अदालत जाने छौँ। चार बजेपछि आएका कुनै पनि मत गणना हुन दिने छैनौँ।’
तर अहिलेसम्म ट्रम्पले दाबी गरेजस्तो धाँधलीको कुनै प्रमाण आएको छैन। उनले मतगणना भइरहेका राज्यमा पनि आफू विजयी भएको दाबी गरेका छन्। पेनसिलभेनिया, विस्कनसिन, जर्जा, एरिजोना, नेभाडा, नर्थ क्यारोलाइना, मिसिगनसहितका राज्यमा पनि आफूले जितेको दाबी ट्रम्पले गरेका छन्।
एरिजोना र नेभाडामा बाइडेन अघि रहेका छन्। ती राज्यमा मतगणना जारी रहनु पर्ने ट्रम्पले बताएका छन्। तर आफू अघि रहेका अरु राज्यमा मतगणना रोकिनु पर्ने आशयको वक्तव्य दिएका छन्। उनले आफू पराजित भएमा सर्वोच्च अदालत जाने चेतावनी दिएका छन्।
अमेरिकाको राष्ट्रपति निर्वाचित हुनका लागि ५ सय ३८ इलेक्ट्रोल कलेज मत मध्ये २ सय ७० मत प्राप्त गर्नु पर्छ। अहिलेसम्म आएका नतिजा तथा अग्रताहरुमा डेमोक्र्याटिक उम्मेदवार जो बाइडेन साँघुरो अग्रतामा छन्।
द न्यूयोर्क टाइम्सका अनुसार बाइडेनको पक्षमा २ सय २५ तथा ट्रम्पको पक्षमा २ सय १३, रोयटर्सका अनुसार बाइडेनको पक्षमा २ सय २० तथा ट्रम्पको पक्षमा २ सय १३ र द गार्डियनका अनुसार बाइडेनको पक्षमा २ सय २५ तथा ट्रम्पको पक्षमा २ सय १३ मत रहेको छ।
चुनावमा विजयी हुने सम्भावना दुवै उम्मेदवारको रहेको छ। तर ट्रम्पले औपचारिक सम्बोधनमा आफू विजयी भएको घोषणा गरि पराजित भएमा सर्वोच्च अदालत जाने बताएका हुन्।
११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ