Logo

सोमवार, आश्विन २६ गते २०८३

अ

देशको विकास गर्ने जिम्मा युवाको काँधमा-थापा

देशको विकास गर्ने जिम्मा युवाको काँधमा-थापा


देशको विकास गर्ने जिम्मा युवाको काँधमा-थापा

काठमाडौँ – कांग्रेस महामन्त्री गगनकुमार थापाले मुलुकको विकास गर्ने जिम्मा युवाको काँधमा आएको बताएका छन्। नेपाल जेसिजले शुक्रबार आयोजना गरेको ‘बिदाई तथा स्वागत’ कार्यक्रममा उनले मुलुकको विकासका लागि युवाको महत्वपूर्ण भूमिका रहेको बताए।

‘जेसिजमा आबद्ध युवाले म कुनै पनि राजनीतिक दलमा आबद्ध छैन भन्न पाउँछ तर राजनीतिभन्दा बाहिर छु भन्न मिल्दैन,’ उनले भने।महामन्त्री थापाले जेसिजलाई सबै दलको साथ र सहयोग रहेको स्पष्ट पारे। महामन्त्री थापाले जेसिजले युवालाई ‘लिबरल डेमोक्रेसी’बारे जानकारी गराउनु जरुरी रहेको बताए।

नेपाल जेसिजका निवर्तमान अध्यक्ष अरुणेश्वर खनालले हाल देशभर झण्डै २०० संस्थामा १० हजारभन्दा बढी युवालई नेपाल जेसिजमा आबद्ध गराइएको बताए।नेपाल जेसिज सन् २०२२ का लागि अध्यक्ष जेसिआई सिनेटर लालमणि भण्डारीले पदभार ग्रहण गरेका थिए। साथै, एकवर्षे कार्यकालका लागि २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ।

रासस

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ