नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन राष्ट्रिय आवश्यकता भएको बताएका छन्।
पाँच दलीय गठबन्धनद्वारा आज पोखरामा आयोजित बृहत् चुनावी सभालाई सम्बोधन गर्दै उनले गठबन्धनलाई बलियो बनाएर लैजानुपर्ने बताए।
गठबन्धन कांग्रेसका लागि सबैभन्दा बढी आवश्यक भएको जनाउँदै उनले भने, ‘गठबन्धन बन्नुअघि हाम्रो कस्तो अवस्था थियो? आज कांग्रेसको नेतृत्वमा सरकार छ, सबै पार्टी मिलाएर बसेको छ।’
गठबन्धनमा शंका, उपशंका गर्नुपर्ने अवस्था नरहेको जनाउँदै उनले भने, ‘नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधव नेपाल एवं गठबन्धनका दलले उदार भएर कांग्रेसलाई सहयोग गरेका छन्।’उनले गठनबन्धनले ६ महानगरमध्ये तीनवटा महानगरको नेतृत्व कांग्रेसलाई दिएको बताए।
महानगर मात्र नभइ हरेक पालिकामा गठबन्धनलाई विजयी बनाउन प्रधानमन्त्री देउवाले आग्रह गरे। गठबन्धनलाई विजयी बनाउनका लागि कांग्रेसी कार्यकर्ता गठबन्धनका अन्य दलले भन्दा पनि मेहनतका साथ लाग्नुपर्नेमा उनले जोड दिए।
रासस
-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक