Logo

सोमवार, आश्विन २६ गते २०८३

अ

बजेटका कार्यक्रम कार्यान्वयन हुनुपर्छ-थापा

बजेटका कार्यक्रम कार्यान्वयन हुनुपर्छ-थापा


बजेटका कार्यक्रम कार्यान्वयन हुनुपर्छ-थापा

काठमाडाैँ- नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले सरकारद्वारा आइतबार सदनमा प्रस्तुत आर्थिक वर्ष २०७९/०८० को बजेटमा व्यापार घाटा घटाउने र उत्पादन वृद्धिका कार्यक्रम अत्यन्तै राम्रो भएको बताएका छन्।

प्रतिनिधिभसभाको आजको बैठकमा बजेटमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै उनले करमा छुटेका कुरालाई समेत एक ठाउँमा ल्याउनुपर्नेमा जोड दिए।‘बजेट कार्यान्वयन हुनुपर्छ, राम्राे कार्यक्रम छ, सांसद थापाले भने, ‘तर अर्थ मन्त्रालयले सम्बन्धित मन्त्रालयलाई बोलाएर बजेट कार्यान्वयनको विषयमा छलफल गर्न जरुरी छ। व्यापार घाटा घटाउने विषयमा सही नीति ल्याएको छ।’

उनले मन्त्रालयहरूले आफ्नो प्राथमिकता बताएअनुसार बजेट आएको र सामाजिक सुरक्षाका कुरा स्वागतयोग्य भएको उल्लेख गरे।‘सामाजिक सुरक्षाका विषय स्वागतयोग्य छन्। प्रत्येक सरकारले सामाजिक सुरक्षाका विषय थप्दै जाँदा दायित्व पनि बढ्दै जान्छ, यस कुरालाई ध्यान दिनुपर्छ’, सांसद थापाले भने।

 

उनले बजेटका स्रोतहरूमा पारदर्शिता कुरामा स्पष्ट हुनुपर्ने र बजेट भनेको भाग्यको चिठ्ठाजस्तो हुन नहुने सुझाव पनि दिए।

रासस

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ