लामो इतिहास बोकेको म्युजिक कम्पनी हो पशुपती म्युजिक । सुगम संगीत होस् या लोक दोहोरि हरेक क्षेत्रमा पशुपती म्युजिक निकै अगाडी रहेको छ समग्रमा भन्नुपर्दा व्यावसायिक क्षेत्रमा पशुपती म्युजिक निकै अगाडी रहेको छ । पछिल्लो समय यही म्युजिक कम्पनीले ठुली नामक गीतको भिडियो बजारमा ल्याएको छ ।
गायक रामचन्द्र काफ्ले र गायिका लक्ष्मी मल्लको स्वर रहेको गीतको शब्द/संगीत श्रीकृष्ण बम मल्लको रहेको छ । सर्जक श्रीकृष्ण बम मल्ल पनि झन्डै ३ दशक देखि नेपाली सांगीतिक क्षेत्रमा सक्रीय छन् उनले सिर्जना गरेका कयौ गीतहरुले नेपाली सांगीतिक बजार तताएको छ । उनी सर्जक श्रीकृष्ण बम मल्ल र लक्ष्मी बम मल्लले केहि समय अघी बजारमा ल्याएको डाडा घरे साइली झन्डै ४ करोड भ्युज पाएको छ । डाडा घरे साइली टीमले ठुली ल्याएको हुदा डाडा घरे साइलीले जस्तै ठुलिले चर्चा पाउने जन अपेक्षा रहेको छ ।
योगेस काजिको एरेन्ज भएको गीत एसएमएस रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको हो । असारैमा धान रोपौला तीज दशैँ तीहार मनाउ ठुली मंसिरमा लगन छोपौला भन्ने गीतले असारमा मानो रोपेर मुरी उब्जाइ थन्काउने र बिहे मंसिरमा लगन छोपेर गर्ने बिषयलाइ निकै कथा बस्तु बगाइएको छ र यो गीतको भिडियो पनि निकै उत्कृष्ट निर्माण गरिएको छ।
मौसम हिमालीको निर्देशन रहेको भिडियोमा पुष्पा खड्का , जुना सुन्दास ,एरोना मल्ल ,रामचन्द्र काफ्ले र श्रीकृष्ण बम मल्लले अभिनय गरेका छन् । भिडियोको छायांकन बुद्द थापाले गरेका छन् भिडियोलाइ बिकास ज्ञवालीले सम्पादन गरेका छन् यस गीत तथा भिडियोलाई पशुपती म्युजिकको अफिसियल युटुब च्यानलमा राखिएको छ ।
११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ