काठमाडाैँ- आगामी मंसिर ४ गते तय भएकाे संघीय र प्रदेश सरकार निर्वाचनका लागि सिट बाँडफाँड गर्न पाँच दलीय गठबन्धनले निमार्ण गरेको कार्यदलको दोस्रो बैठक आज बस्दैछ। बैठक प्रधानमन्त्री तथा कांग्रस सभापति निवास शेरबहादुर देउवा निवास बालुवाटारमा बस्नेछ।
नेपाली कांग्रेसका नेता तथा कार्यदल प्रमुख कृष्ण सिटौलाको नेतृत्वमा अपरान्ह ४ बजे बस्ने बैठकले १ सय ६५ निर्वाचन क्षेत्रमा कुन कुन पार्टीलाई सिट दिने भन्ने बारेमा छलफल गर्नेछ।कार्यदलमा कांग्रेसबाट महामन्त्री गगनकुमार थापा र ज्ञानेन्द्रबहादुर कार्की छन्।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका प्रतिनिधि सम्मिलित सो कार्यदलले १ सय ६५ निर्वाचन क्षेत्रसहित सो निर्वाचन क्षेत्र अन्तर्गतका प्रदेश बाँडाफाडका बारेमा छलफल गरी शीर्ष नेतृत्वहरूलाई सुझाव पेस गर्नेछन्।
कार्यदलको बैठकमा सबै दलले आ-आफनो सिटका बारेमा दावी पेस गर्नेछन् र सो दावी अनुसार कार्यदलले सुझाव तयार गर्नका लागि बैठकमा प्रारम्भिक छलफल गर्नेछन्।सो कार्यदलमा कांग्रेसका तीन र अन्य दलका २-२ सदस्य रहेका छन् ।
डा डासुराम पौडेल, उप-प्राध्यापक नेपालको प्राज्ञिक क्रान्तिको सुरुआत नेपालमा आधुनिक शैक्षिक चेतना र प्राज्ञिक विकासको प्रस्थानबिन्दुका रूपमा रहेको त्रि-चन्द्र बहुमुखी क्याम्पसको इतिहास अत्यन्तै रोचक र