Logo

मंगलवार, भाद्र ९ गते २०८३

संसदबारे छलफल गर्न देउवाले बोलाए बैठक

संसदबारे छलफल गर्न देउवाले बोलाए बैठक


संसदबारे छलफल गर्न देउवाले बोलाए बैठक

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सोमबार बिहान पार्टीका पदाधिकारीको बैठक आह्वान गरेका छन् ।

बुढानीलकण्ठस्थित सभापति देउवा निवासमा बिहान ८ बजे बस्ने बैठकमा पार्टीका पूर्व र वर्तमान पदाधिकारीहरू सहभागी रहनेछन् ।

आजको बैठक कांग्रेसले संसदमा खेल्ने भूमिकाबारे छलफल गर्नका लागि कांग्रेस संसदीय दलका नेता देउवाले आह्वान गरेको उनको सचिवालयले जनाएको छ ।यसअघि सरकारमा रहेको कांग्रेस सत्तासमीकरणमा आएको परिवर्तनका कारण सरकारबाट बाहिरिएको छ । नयाँ सत्ता गठबन्धनको तर्फबाट उपप्रधान एवम् गृहमन्त्री बनेका राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछाने माथि छानबिनको माग गर्दै कांग्रेसले संसद् अवरोध गर्दै आइरहेको छ ।

गृहमन्त्री लामिछाने माथि ‘सहकारीको रकम अपचलन’ बारे संसदीय छानबिन समिति बनाएर प्रभावकारी रुपमा छानबिन गर्नुपर्ने माग राख्दै कांग्रेसले संसद् अवरोध गर्दै आएको हो ।यसअघि समिति गठन नभएसम्म संसद चल्नै नदिने अडान लिएको कांग्रेसले आजको बैठकमा सोही बारेमा निर्णय लिनेछ ।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक