Logo

मंगलवार, भाद्र १६ गते २०८३

कृष्णभीरमा बाढीले कटान गरेपछि काठमाडौं-मुग्लिन सडकअवरुद्ध

कृष्णभीरमा बाढीले कटान गरेपछि काठमाडौं-मुग्लिन सडकअवरुद्ध


 

१४ भदौ, कामना।

बाढीका कारण काठमाडौं-मुग्लिन सडक  अवरुद्ध भएको छ ।

भोटेकोशी हुँदै आएको बाढीले त्रिशूली नदीमा बहाव बढ्दा सडक अवरुद्ध भएको हो ।
धादिङकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय (गौतम)का अनुसार त्रिशूलीमा आएको बाढीले तलबाट सडक कटान गरेपछि सडक अवरुद्ध भएको छ । बाढीले कटान गरेपछि सडक केही भासिएको छ ।

आज बिहान केहीबेर अवरुद्ध भएर खुलेको सडक केही समयमै पूर्णरुपमा बन्द भएको हो । सडक बन्द भएपछि यात्रु अलपत्र परेका छन् ।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • ३०० बाढीपीडितलाई काठमाडौंको येलो गुम्बामा राखियो

    १५ भदौ, कामना। रसुवाको स्याफ्रुबेसी टिमुरेबाट उद्धार गरिएका करिब ३ सय बाढीपीडितलाई काठमाडौंको नागार्जुन नगरपालिका-२ स्थित येलो गुम्बामा राखिएको छ ।उक्त क्षेत्रका बाढीपीडितलाई गत शुक्रबारदेखि येलो