१५ भदौ, कामना ।
बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आइतबार प्रधानमन्त्री बालेन शाहका नीति, प्रशासन तथा सुशासन सल्लाहकार ई. सुदीप ढकाल र रास्वपा सभापति रवि लामिछानेसँग भेटे ।
‘दुवै भेटमा रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछिको विपद्बारे छलफल भयो,’ मुख्यमन्त्री मगरले भने, ‘राहत वितरण र पुनर्स्थापनाको सन्दर्भमा संघ सरकारले आवश्यक साधन र स्रोतको संकलन गर्ने, प्रदेशले समन्वय गर्ने र स्थानीय तहबाट वितरण गर्नेमा सहमत भएका छौं ।’
रास्वपा सभापतिको सचिवालयका अनुसार मुख्यमन्त्री मगरले विपद्पछिको अवस्थामा तीन तहको सरकारले कसले के काम गर्ने हो त्यो छुट्याउन आवश्यक रहेको बताएका थिए । यसबारे समन्वय नहुँदा प्रभावित क्षेत्रमा राहत पठाउन नसकिएको, पठाएको राहत बट्टार क्षेत्रमा जम्मा भएको र त्यसभन्दा माथि पुर्याउन असहज भएको भन्दै ध्यानाकर्षण गरेका थिए ।रास्वपा सभापति लामिछानेले भने विपद्को समयमा स्थानीय र संघीय सरकारलाई जोड्ने भूमिका प्रदेश सरकारले खेल्नुपर्नेमा जोड दिएका थिए ।
‘यतिबेला सबै सरकारले समन्वय गरेर काम गर्नुपर्छ भन्ने कुरामा हामी सचेत छौँ,’ सभापति लामिछानेले भनेका थिए । साथै, संघीय सरकारका तर्फबाट आवश्यक सम्पूर्ण सहयोगका लागि समन्वय गर्ने प्रतिबद्धता जनाएका थिए ।
काठमाडौंमा भएको यो भेट र संवादले तीन तहको सरकारबीच भोटेकोशी विपद्पछिको अवस्थामा समन्वय नभएको देखाउँछ । नेकपा संसदीय दलका प्रमुख सचेतक युवराज दुलाल पनि तीन तहका बीचमा प्रभावकारी समन्वयको खाँचो औंल्याउँछन् ।
‘विपद्पछि स्थानीय तह, प्रदेश र संघबीचमा समन्वय भएर जसरी काम हुनुपर्ने थियो त्यसरी भएन । सबैले आ–आफ्ना ढंगले काम गर्न खोजे । तर साधन र स्रोत नेपाली सेनासँग भएकोले उसमै ज्यादा भर पर्नुपर्ने अवस्था बन्यो,’ उनी भन्छन्, ‘अब यसको समीक्षा गरेर अगाडि जानुपर्छ ।’
बागमती प्रदेशका मुख्यमन्त्री थापा मगरले राजनीतिक तहमा पहल लिएपछि आइतबारबाट स्थानीय स्तरमा केही समन्वय र सहकार्यमा काम हुन थालेको जानकारी दिए ।
१५ भदौ, कामना। रसुवाको स्याफ्रुबेसी टिमुरेबाट उद्धार गरिएका करिब ३ सय बाढीपीडितलाई काठमाडौंको नागार्जुन नगरपालिका-२ स्थित येलो गुम्बामा राखिएको छ ।उक्त क्षेत्रका बाढीपीडितलाई गत शुक्रबारदेखि येलो