Logo

बुधवार, भाद्र ३१ गते २०८३

बायोडाटामा होइन काममा विश्वास’ गर्ने इन्द्र दाजैको सम्झना

बायोडाटामा होइन काममा विश्वास’ गर्ने इन्द्र दाजैको सम्झना


बायोडाटामा होइन काममा विश्वास’ गर्ने इन्द्र दाजैको सम्झना



नेपाल विश्वको त्यस्तो देश हो, जुन देशका मानिसहरु आफूले कथं कदाचित, केही गरिकन सिन्को भाँचिहालेमा ‘मैले त आकाश खसाएँ, पाताल भसाएँ ! भनी अहंमता प्रदर्शन गर्छन्, अहंकार देखाउने गर्छन् । तैँले के गरेको छस् ?’ भनी प्रश्न गर्छन । कतिपय मानिसहरुले चाहिँ ‘म आमाको कोखमा मान्छेको स्वरुप लिन थाल्दैखेरि सबै कुरो जानेर आएको छु !’ भनेर घमण्ड वा भनौं सर्वज्ञाता भएको स्वाङ पार्ने गर्छन्, अभिनय गर्छन । त्यस्तै गरेर कतिपय मानिस चाहिँ कुनै सामाजिक संघ–संस्था अथवा संगठनमा रहर गरेर जाने, बस्ने सोही क्रममा, काम गर्दै जाँदा आफूबाट केही कमजोरी भएमा, अपारदर्शी भई हालेमा त्यस्तो काम एवम् अपारदर्शीताका सम्बन्धमा कसैले औंल्याई दिएमा, कमजोरी देखाई दिएमा त्यस्तो व्यक्तिलाई धन्यवाद दिनुको सट्टा, कुनै काम गर्ने क्रममा आफूले गरेको कमी अथवा कमजोरी स्वीकार गर्नुको सट्टा फलानोले गरिखान दिएन, फलानो गर्दा राजिनामापत्र लेख्न वाध्य भएँ ! भनेर, राजिनामापत्रको व्यहोरामा उल्लेख गर्ने, आफ्नो बायोडाटा पेश गर्ने (जस्तै यो उमेरदेखि मैले यसो गरेँ, उसो गरेँ, यति वटा गीत लेखे, यति वटा गीत गाएँ, यति वटा नाच प्रस्तुत गरेँ, यति वटा कार्यक्रममा भाषण गर्न गएँ, किताब लेखेँ, यति वटा पाठ्यक्रम लेखेँ, यति वटा...भनेर राजिनामापत्र भनिएको पत्रमा फेहरिस्त–सूची पेश गर्ने) गर्नेसम्मको हर्कत देखाउने केही व्यक्तिहरु पनि देखियो । एवम् प्रकारले कतिपय व्यक्ति चाहिँ हाटहुट गर्ने, लाटलुट पार्ने, संस्थाका कोषाध्क्षयलाई खालि चेकमा सही गराएर नखत–नारायण।।। गरेको पनि देखियो, सुनियो । तर अझै पनि त्यस्तै व्यक्तिहरु संस्थाका वर्तमान अगुवा भनिने, मानिनेहरुले अझैसम्म पनि ‘ऊ अथवा फलानो भएन भने संस्थाको अस्तित्व नै नरहने, अझ प्रस्टसँग भन्नु पर्दाखेरि त्यस्तो प्रविद्धिका ‘पूर्व ठूला मनुवा’ भनिनेहरु शेष रहेसम्मम तिनीहरुकै छत्र–छायामा... तिनीहरुको शेषपछि देखा जाएगा...’ भनेरै होला कि, पूर्व भई सक्दा पनि त्यही प्रविद्धिका मनुवाहरुको यत्रतत्र सर्वत्र उपस्थिति रहने गरेको देखिन्छ । हुन पनि यो पङ्तिकार स्यवम् कुनै एक संस्थामा नाम मात्रको उपअध्यक्ष (उपाध्यक्ष लेख्ने चलन रहेको भए तापनि उपात्तयक्ष लेख्ने गरिए तापनि उपअध्यक्ष शुद्ध हो) भई खाँदा सो संस्थाका एक सविच (हाल उपअध्यक्ष हुनुहुन्छ क्यारे) ले आफ्नो पदबाट राजिनामापत्र लेख्दा आफुले गरेको काम (यो उमेरदेखि मैले यसो गरेँ, उसो गरेँ, यति वटा गीत लेखँे, यति वटा गीत गाएँ, यति वटा नाच प्रस्तुत गरेँ, यति वटा कार्यक्रममा भाषण गरेँ...भनी राजिनामा पत्रमा) को फेहरिस्त पेश गर्नु भएको थियो । राजिनामा पत्रमा आफ्नो कामको बखान गर्नु भनेको आफ्नो भँडास पोख्नु मात्रै हो अरे, जान्ने–बुझ्नेहरुले भनेअनुसार ।  
जे होस्, कुलुङ जातिभित्र एक जना यस्तो व्यक्तित्व हुनुहुन्थ्यो, जसलाई हामीले असमयमै गुमाउनु परेको थियो । उहाँ हुनुहुन्थ्यो ‘–इन्द्र होनीत्ती कुलुङ (बूबू–दाजु)।’ हामीले उहाँलाई गुमाएको गएको भदौ २४ गते चार वर्ष पुरा भएर पाँच वर्ष लागेको छ । उहाँले चोला फेरिसकेपछि ‘नेपाल किरात कुलुङ भाषा संस्कृति उत्थान संघ किरात कूलू गूस खम सुनसरी जिल्ला कार्य समिति, प्रदेश नम्बर एक समिति, कुलुङ महिला संघ (कूलू मीम्छा गूस खम), कुलुङ युवा संघ, (कूलू पपछा गूस खम), कुलुङ विद्यार्थी संघ (सेस्मो खम) कुलुङ साँस्कृतिक समूह (रीदूम गूस खम)’ लगायत समितिले तयार पारेरकोे समवेदना सन्देशपत्र इन्द्र होनीत्तीज्यूको परिवारलाई बुझाएको थियो । स्मरणीय छ, उहाँले चोला फेरेर जानु अघिसम्म उहाँ ‘नेपाल किरात कुलुङ भाषा संस्कृति उत्थान संघ (किरात कूलू गूस खम)’ को केन्द्रीय महासचिव हुनुहुन्थ्यो । माथि उल्लेख गरिएझैँ उहाँले खाई, नखाई, भ्याई नभ्याई संघ र समुदायका हितमा डटेर काम गर्ने क्रममा कहिल्यै पनि त्यसरी मैले पाताल भसाएँ, आकाश खसाएँ ! यति जनालाई आर्थिक सहयोग गरेँ, उती जनालाई पढाएँ,? यति किताब लेखेँ, यति..., उती...,भनेर भन्नु भएन, अहंमता पनि प्रदर्शन गर्नु भएन । कम्तिामा मैले इन्द्र होनीत्तीज्यूले त्यसरी कसैलाई तैँले के गरिस  भनेर प्रश्न गरेको सुनिन, मैले थाहा पाएसम्म । बरु कसैकसैले आप्mनो व्यक्तिगत स्वार्थका लागि प्रयोग गर्दासमेत उहाँले आफ्नो बिग्रँदो स्वास्थ्यलाई पनि ख्याल नगरिकन खट्नु भएको ज्ञात छ, मलाई । त्यसरी सबैको कुरो त्यागेर उहाँ अरुका लागि तयार भई दिनु हुन्थ्यो । अनि अर्को महत्वपूर्ण कुरो भनेको उहाँले ‘म आमाको कोखमा मान्छे स्वरुप लिन थाल्दैखेरि नै सबै कुरो जानेर आएको मान्छे हँु !’ तैँले के जानेको छस् र ? भनेर कसैलाई भन्नु भएन । नत उहाँले कसैलाई प्रश्नै नै गर्नु भयो रु मैले यसो गरेँ, उसो गरेँ भनिकन आप्mनो बायोडाटा उहाँले कहिल्यै  पेश गर्नु भयो, देखाउनु भयो ! हामी सबैलाई थाहा भएकै कुरो हो कि, उहाँ जहिल्यै पनि आप्mनो व्यक्तिगत खर्चमै कुुलुङ जातिको बसोवास भएका जिल्लाजिल्लामा, गाउँगाउँ, वस्तीवस्ती, टोलटोलमा जाने गर्नु हुन्थ्यो । स्थानीयस्तरका कुलुङहरुलाई भेला पारेर हाम्रो (कुलुङको) जातीय स्वपहिचान, जातीय चिनारी, पितापूर्खाको इतिहास, वंश, परम्परा, इतिहास, भाषा, वेषभुषा, रहनसहन, संस्कार, संस्कृति, हामी भन्ने भावना, राष्ट्रिय र अन्तर्राष्ट्रिय कानुन आदिका विषयमा जानकारी गराउने, जनचेतना पैmलाउने काममा खटिरहनु हुन्थ्यो । त्यो भन्दा बढी त हाम्रै दाजुभाइ अर्थात् वंश भनिनेहरु तर, हामीलाई सँधै थिचोमिचो गर्ने, सकेसम्म दलनमलन गर्ने, कथित् ‘राई !’ जातिमै गाभिरहने, ‘राई !’ को भिड र संख्या देखाएर ‘तर मारिरहने तरमाराहरु’ भ्रम चिर्न उहाँ सक्दो प्रयास गर्नु हुन्थ्यो ।
कतिसम्म भने, कथित् ‘राई !’ जातिको नाममा खुलेको एक संस्थाको कार्यक्रममा थाहा पाएसम्म गएर, सुटुक्क छिरेर कुनामा बसेर ध्यान दिएर सुन्ने गर्नु हुन्थ्यो । यस्तै एक सन्दर्भ ‘इन्द्र बूबूले सुनाउनु भएको थियो । उहाँले यो लेखका लेखकलाई ऊ वेलामा सुनाउनु भएअनुसार विसं २०६२/०६३ को राजनैतिक परिवर्तपछिको प्रसंग हो । सो कथित् ‘राई !’ जातिको नाममा खुलेको संस्थाले गरेको कार्यक्रममा इन्द्र बूबू अरुभन्दा पहिल्यै पुगेर कुनामा गएर बस्नु भएछ । कथित् ‘राई !’ जातिको संस्थाको अध्यक्षले आप्mनो मन्तव्य राख्ने क्रममा कुलुङ जातिका केही अगुवाको नामै लिएर ‘कुलुङे ढाक्रेहरु यस्तो, कुलुङे ढाक्रेहरु उस्तो’ भन्दै तथानाम गालीको वर्षा गरे छन् । कार्यक्रम सकिएर जलपान (चिया नास्ता) को क्रम सुरु भयो । सो क्रममा इन्द्र बूबू आपैm त्यसरी कुलुङ जातिका केही अगुवाको नामै लिएर ‘कुलुङे ढाक्रेहरु यस्तो, कुलुङे ढाक्रेहरु उस्तो’ भनेर तथानाम गाली गर्ने... (नाम उल्लेख नगर्ने वाचा गरेको छु, मैलै) अगाडि गएर ‘ल है हामी कुलुङे ढाक्रेहरु त यस्तै...’ भन्दै नमस्कार गर्दै जानु भएछ । अहिले भर्खरै मात्रै कुलुङ जातिलाई गाली गर्ने ती विचरा...ले ‘ए...इन्द्रजी, तपाईँ पनि आउनु भएको ’ भन्दै रातोपिरो भए । 
प्रकृतिको शाश्वत नियमअनुसार हामीले एक दिन चोला फेर्नै पर्छ । प्रकृतिको यही नियमानुसार “नेपाल किरात कुलुङ भाषा संस्कृति उत्थान संघ (किरात कूलू गूसखोम)” का महासचिव इन्द्र होनीत्ती कुलुङले पनि चोला फेर्नु भयो । तर अलि चाँडै चोला फर्नु भयो । हो, उहाँले त्यति चाँडै छाडेर जानु होला भन्ने हामीलाई लागेको थिएन, त्यस्तो पटक्कै सोचेका थिएनौं । तथापि पनि उहाँले हामी सबैलाई सँधैका लागि छाडेर गएको, चोला फेरेको त शाश्वत सत्य नै हो । हामी केन्द्रमा रहेको केही महानुभाव ज्युहरुले उहाँको साँच्चै अभाव महसुस गरेका छन् । कुलुङ जातिको जनस्तरमा पनि अवस्था त्यही छ । एक किसिमले भन्नु पर्दाखेरि बाहिरबाहिर ‘हाहा हुहु’ चाहिँ राम्रैसँग भई रहेको देखिए तापनि, प्रचारप्रसार पनि गतिलैसँग भएको देखिए तापनि जनस्तरमा कलुङ जातिको वास्तविक अवस्था के कस्तो छ ? हामीले खुलेर भन्न नसकिने अवस्था रहेको छ । हो, यसो भनी रहँदा म नै नराम्रो देखिनेवाला छु । मलाई नै नराम्रो देख्ने छन्, यो मलाई राम्रोसँग थाहा भएको कुरो हो । तर, फेरि पनि कुरा नपचापाईकन भन्नू पर्दाखेरि वास्तविकता त त्यही नै हो, जुन मैले भन्दै छु, लेख्दैछु । 
व्यक्ति एक भए तापनि अनेक व्यक्तित्वका धनी हुनु हुन्थ्यो, इन्द्र होनीत्ती । विशाल धरती माताको काखमा अहिलेसम्म मानवको चोला लिएर जेजति मानिसहरु जन्मे, हुर्के र चोला फेरे, ती मध्ये जोजति मानिसहरुले इमान जमानका साथ बाँचे, बाँच्ने प्रयास गरे, त्यस मध्येमा इन्द्र होनीत्ती कुलुङ पनि पर्नु हुन्छ । तर, दुःखको कुरो के भने उहाँले हामीलाई अलि चाँडै (विसं २०७९ भदौ २४ गतेका दिन) छाडेर जानु भयो, चोला फेरेर जानु भयो । हामीले उहाँको आत्मालाई देख्न नसकेको मात्रै हो ? मैले यसो भनी रहँदा, यस्तो अनुभव गरेर लेखीँ रहँदा वास्तविकता चाहिँ के हो भने, विसं २०७९ भदौ २७ गते उहाँको नश्वर शरीरलाई काठमाण्डौ उपत्यकाको पशुपतिनाथ क्षेत्रको वनकालीको जंगलमा लगेर किराती कुलुङहरुको मूल्य–मान्यता र परम्पराअनुसार ‘सातीपूस’ (मृत्यु संस्कार गर्ने मानिस) लगाएर, विधि–विधान गरेर गाडी सकेका छौं, यो शाश्वत सत्य हो ।

Indra k.PNG

विसं २०१५ पुस २९ गते मामा (आमा) पञ्चमाया बान्तावा (कुलुङ) एवम् पापा (बुबा) डिल्लीमान होनीत्ती कुलुङको सुपुत्रका रुपमा जन्मनु भएका इन्द्र होनीत्ती कुलुङले ६४ वर्षको उमेरमा नै मानव रुपी चोलाबाट अर्को चोला फेर्नु भयो । हुनत उहाँले नेपालीले बाँच्ने औसत आयु ९६८–६९ वर्ष पुरुष र ७०–७१ वर्ष महिला पछिल्लो तयांकअनुसार पुरुष ६९,७० वर्ष र महिला ७२, ७३ वर्ष भन्दा केही कम समय मात्रै बाँच्नु भयो । हामीले जान्नैपर्ने र सत्य कुरो के हो भने ९९ दशमलव ९९ % धेरै मानिस जति धेरै समयसम्म बाँचे पनि अनाजको किरो हुन र धरतीलाई बोझ हुनका लागि मात्रै बाँची रहेका छन् । इन्द्र होनीत्ती कुलुङको हकमा चाहिँ त्यो कुरो लागू भएन । किनभने, उहाँ आपूmले मानव चोला नफेर्दा (केही दिनअघि) सम्म देश, आप्mनो समुदायका साथै घर–परिवारका लागि केही न केही गरिरहनु भयो । उहाँले केही न केही गर्ने क्रममा नै कुलुङ समुदायले उहाँलाई तिर्नै नस्कने गरी ठूलो गुण लगाएर जानु भएको छ । खास गरी उहाँले कुलुङ समुदायका लागि कसैले गर्न नसकेको काम गर्नु भएको छ । कसै लगाउन नसकेको गुण लगाउनु भएको छ । कसैले दिन नसकेको योगदान दिनु भएको छ । यसो भनी रहँदा अतिशय प्रशंशसा गरेको ठहर्ला ! त्यसैले गर्दा इन्द्र बूबूका बारेमा मैले भन्नु, लेख्नु, बखान्नुभन्दा पनि कुलुङ समुदायको बसोवास रहेका हरेक गाउँका जनताहका साथै कुलुङ समुदायका अगुवा र अन्य समुदायका अगुवाहरुसँग पनि इन्द्र होनीत्तीका सम्बन्धमा वास्तविक कुरो के हो ? भनी जो कोहीले बुभ्mन र खोज अनुसन्धान गर्न सक्नु हुन्छ । 
अन्तिममा भन्नु पर्दाखेरि हरेक संघ–संस्थामा इन्द्र होनीत्ती कुलुङ जस्तै पारदर्शी ढंगले काम गर्नेहरुको सङ्ख्या बढोस् । किनभने यहाँ नाम र पदका लागि कतिपय मानिस चाहिँ कुनै पनि गरेको देखिन्छ । तर सामाजिक संघ–संस्था अथवा संगठनमा रहर गरेर जाने, बस्ने सोही क्रममा, काम गर्दै जाँदा आफूबाट केही कमजोरी भएमा, अपारदर्शी भई हालेमा त्यस्तो काम र अपारदर्शीताका सम्बन्धमा कसैले औंल्याई दिएमा, कमजोरी देखाई दिएमा त्यस्तो व्यक्तिलाई धन्यवाद दिनुको सट्टा, कुनै काम गर्ने क्रममा आफूले गरेको कमी अथवा कमजोरी स्वीकार गर्नुको सट्टा फलानोले गरिखान दिएन, फलानो गर्दा राजिनामापत्र लेख्न वाध्य भएँ ! भनेर, राजिनामा पत्रको व्यहोरामा उल्लेख गर्ने, आफ्नो बायोडाटा पेश गर्नेसम्मको हर्कत देखाउने गर्छन् । जुन म स्वयम्ले देखेको, भोगेको हुँ । एवम् कतिपय व्यक्ति चाहिँ हाटहुट गर्ने, लाटलुट पार्ने, संस्थाका कोषाध्क्षयलाई खालि चेकमा सही गराएर नखत–नारायण... गर्नेहरु पनि देखिन्छन्, समाजमा । अनि त्यस्तै व्यक्तिहरु संस्थाका वर्तमान अगुवा भनिने, मानिनेहरुले ‘ऊ अथवा फलानो भएन भने संस्थाको अस्तित्व नै नरहने, अझ प्रस्टसँग भन्नु पर्दाखेरि त्यस्तो प्रविद्धिका ‘पूर्व ठूला मनुवा’ भनिनेहरु शेष रहेसम्म त्यस्ता हव्यक्तिहरुकै छत्र–छायामा... तिनीहरुको शेषपछि देखा जाएगा... भनेर नबसून् भन्ने कामना गरौं । मेरो भनाइको अर्थ हो, जसलाई संस्थाबाट औपचारिक रुपमा विदाई (महाधिवेशन गरेर विदा गरिसकेको वा स्वेच्छाले विदा भई सकेका व्यक्तिहरुकै मुहार) गरेकाहरुकै अनाुहार किन जताततै देखाउने, प्रदर्शन गर्ने ? भन्ने हो ।

निनाम लोवात्ती

author

सम्बन्धित समाचार
विशेष सबै
  • भोटेकोसी बाढी : अठार विद्यालयमा क्षति

    काठमाडौं । भोटेकोसी नदीमा आएको बाढीबाट रसुवा, नुवाकोट र धादिङका १८ वटा विद्यालय प्रभावित भएका छन् । तीमध्ये ११ वटा पूर्ण रूपमा क्षतिग्रस्त हुँदा ९३