३१ भदौ, कामना ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भोटेकोशी बाढीपछि सरकारका विभिन्न निकायले खोजी तथा उद्धार, राहत, पुनःस्थापना र पुनर्निर्माणको काम गरिरहेको बताएका छन्।बुधबार रास्वपा संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको सर्वदलीय बैठकपछि बोल्दै लामिछानेले प्रधानमन्त्रीले प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग प्रत्यक्ष सम्पर्क र छलफल गरिरहेको बताए।
उनले भने, ‘प्रधानमन्त्री निरन्तर बैठकमा हुनुहुन्छ। हिजो भर्खर स्थानीय तहका साथीहरूसम्म, स्थानीय तहका राजनीतिज्ञसम्मलाई भेट्ने समय निकालेर उहाँहरू भेटिरहनुभएको छ। प्रभावित क्षेत्रका मान्छेहरूसँग प्रत्यक्ष जोडिएका ठाउँको जनप्रतिनिधिसँग भेटिरहनुभएको छ भने यो त उहाँको संवेदनशीलताको एउटा ठूलो उदाहरण हो।’
उनले सरकार र राजनीतिक दलको जिम्मेवारी फरक–फरक भएकाले कामको बाँडफाँड अनुसार अघि बढिरहेको बताए।‘राजनीतिक, हामी त काम बाँडफाँड गरेर गर्छौँ। हिजोको अभ्यासलाई आजको अभ्याससँग तपाईंले तुलना गर्नुभयो भने त्यो अर्कै देखिएला। तर हिजो जस पार्टीको नेतृत्व, पार्टीको अध्यक्ष, सभापतिहरू प्रधानमन्त्री हुने एउटा परिपाटी त्यो किसिमको परिस्थिति थियो। अहिले त पार्टीको जिम्मेवारी पार्टीले हेर्ने, सरकारको जिम्मेवारी सरकारले, प्रधानमन्त्रीले हेर्ने स्पष्ट खाका, स्पष्ट मार्ग हुँदाहुँदै त्यसको डुप्लिकेसनको आवश्यकता पर्दैन,’ ।
लामिछानेले संसदीय समितिले गर्ने कामको स्वामित्व सरकारले नलिने भन्ने अवस्था नरहेको पनि बताए।उनले भने, ‘संसदीय समितिले गर्ने कुरा, सर्वदलीय समिति बनेर बन्ने कुरालाई त्यसको ओनरसिप नलिने भन्ने कुरा हुँदैन। त्यस्तो होला भनेर अज्युम गर्ने बेला अहिले छैन। हामी त्यही गर्छौँ भनेर कमिटमेन्टका साथ बसेका हौँ।’भोटेकोशी बाढीको प्रकृतिबारे विज्ञमार्फत अध्ययन गरी सरकारले चाँडै स्पष्ट पार्नुपर्ने विषयमा बैठकमा छलफल भएको उनले बताए।
‘सरकारलाई चाँडै विज्ञहरूले यसलाई भन्नुपर्ने हुन्छ, भएको के हो भन्ने कुरा। किनभने यो अलिकति जटिल किसिमको विषय भएको हुनाले, यो अलिकति अनुसन्धानको विषय र अलिकति विज्ञता आवश्यक पर्ने विषय भएको हुनाले सरकारलाई यसलाई पनि एउटा नामकरण गरेर यो के हो भन्ने कुरा भन्ने भनेर हामीले आज निर्णय पनि त्यो गरेको, चाँडै सरकारले भन्ला,’ उनले भने।
उनले बाढीपछि विभिन्न मन्त्रालय, विभाग र सरकारी संयन्त्रले आ–आफ्नो जिम्मेवारीअनुसार काम गरिरहेको बताए।सरकारले सुरुमा खोजी तथा उद्धारमा जोड दिएको र अहिले राहत तथा पुनःस्थापनाको काम अघि बढिरहेको लामिछानेको भनाइ छ।पुनःस्थापना र पुनर्निर्माणको काम लामो चरण भएकाले सम्बन्धित मन्त्रालय, विभाग र प्राधिकरणहरू योजना निर्माणदेखि फिल्डसम्म सक्रिय रहेको उनले बताए।
‘अब पुनःस्थापन, पुनर्निर्माणको एउटा लामो चरण बाँकी छ। त्यसमा पनि सम्बन्धित मन्त्रालयहरू, विभागहरू, प्राधिकरणहरू सबैजना एक्टिभ भएर कोही योजना बनाइरहेका छन्, कोही फिल्डमा छन्। त्यसकारणले हरेक दिन, हरेक ठाउँमा बैठक गर्नेहरूले बैठक, निर्णय गर्नेहरूले निर्णय, पुग्नुपर्नेहरू पुगिरहनुभएको छ। नीतिगत काम पनि र फिल्डमा गर्ने कामहरू सबै निरन्तर एकदमै यो युद्धस्तरमा भन्दा फरक पर्दैन होला, त्यसरी काम भइरहेको छ।’
रास्वपाभित्र सरकारका कामबारे हुने आलोचनालाई उनले पार्टीको आन्तरिक लोकतान्त्रिक अभ्यासका रूपमा व्याख्या गरे।उनले भने, ‘कहिलेकाहीँ हाम्रो पार्टीभित्रको आन्तरिक लोकतन्त्र अलिकति बलियो भएको हुनाले कहिलेकाहीँ त्यसको कसैले लाभ अलि बढी, कम–बढी उठाउँदाखेरि त्यसमा अलिकति अभिव्यक्त गर्ने, आफ्नै सरकारलाई पनि अलिकति आलोचना गर्ने, एउटा डेमोक्रेटिक पार्टी भएको हुनाले त्यो कोही साथीहरूले आफ्नो शैलीगत केही, पनि मान्छेको शैली पनि त हुन्छ नि।’
काठमाडौं । भोटेकोसी नदीमा आएको बाढीबाट रसुवा, नुवाकोट र धादिङका १८ वटा विद्यालय प्रभावित भएका छन् । तीमध्ये ११ वटा पूर्ण रूपमा क्षतिग्रस्त हुँदा ९३