३१ भदौ, कामना ।
नेपाली कांग्रेसले महाधिवेशन प्रतिनिधि संख्या बढाएको छ।२०७८ मंसिर २४ देखि २८ गतेसम्म भएको १४ औं महाधिवेशनमा कांग्रेसमा ४७४३ जना महाधिवेशन प्रतिनिधि थिए।
तर गत पुसको विशेष महाधिवेशनले संशोधन गरेको विधानअनुसार महाधिवेशन प्रतिनिधि संख्या बढ्ने भएका हुन्।
संशोधित विधानअनुसार प्रदेश सभा क्षेत्रीय सभापति र पालिका सभापति पनि महाधिवेशन प्रतिनिधि हुनेछन्। यसअघि यस्तो व्यवस्था थिएन। प्रतिनिधि सभा क्षेत्रीय सभापतिसहित प्रतिनिधि मात्र महाधिवेशनका प्रतिनिधि हुन्थे। तर यसपालिदेखि १६५ प्रतिनिधि सभा क्षेत्रबाट क्षेत्रीय सभापतिसहित ३३ जनाका दरले महाधिवेशन प्रतिनिधि आउनेछन्। पहिले क्षेत्रीय सभापतिसहित २६ जनाका दरले मात्र महाधिवेशन प्रतिनिधि आउने व्यवस्था थियो।
यसपालिदेखि ३३० जना प्रदेश सभा क्षेत्रीय सभापति र ७५३ जना पालिका सभापति पनि महाधिवेशन प्रतिनिधि रहेन विधानको व्यवस्था छ। उक्त व्यवस्था कार्यान्वयन गर्दा महाधिवेशन प्रतिनिधि विगतको तुलनामा झण्डै १७ सयभन्दा बढी थपिनेछन्।
पदाधिकारी र केन्द्रीय सदस्य स्वतस् महाधिवेशन प्रतिनिधि रहने विगतको व्यवस्था यसपालि छैन। नेताहरू वडाबाटै चुनिएर आउनुपर्छ।
केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार असोज १६ देखि १९ गतेसम्म हुने १५ औं महाधिवेशनमा ६५२८ जनाभन्दा धेरै महाधिवेशन प्रतिनिधि सहभागी हुनेछन्।विदेशस्थित जनसम्पर्क समिति, भ्रातृ संस्था, शुभेच्छुक संस्था लगायतबाट पनि महाधिवेशन प्रतिनिधि सहभागी हुनेछन्।
कांग्रेसले असोज ३ र ४ गते वडा कार्यसमिति निर्वाचन गर्दैछ। त्यसपछि विभिन्न ४ तहगत अधिवेशन सकेर केन्द्रीय महाधिवेशन हुनेछ त्यसपछि मात्र प्रदेश र जिल्ला अधिवेशन हुनेछ।
जिल्ला-जिल्लामा हिजोआज बैठक गरेर अधिवेशन तयारीका कार्यहरू भइरहेका छन्। मुगुलगायत कतिपय जिल्लामा अधिवेशन कार्य अघि नबढेपछि उपसभापतिलाई कार्यवाहक सभापति तोकेर अधिवेशनका कार्य अघि बढाउन लागिएको छ। महाधिवेशनका लागि ९ हजार ९४ जना निर्वाचनरमतदान अधिकृत खटाइएको छ। यो अधिवेशनमा निवर्तमान सभापति शेरबहादुर देउवासहित उनीपक्षका नेताहरू सहभागी नहुने भएका छन् तर निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का पक्ष भने अधिवेशनमा सहभागी हुन जिल्ला जिल्ला पुगिसकेका छन्।
देउवा पक्षले असोज १५ मा वडा अधिवेशन गरी विभिन्न तहगत अधिवेशन सकेर मंसिर २१ देखि २३ गतेसम्म १५ औं महाधिवेशन गर्ने तयारी गरेका छन्। नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समिति संयोजक प्रेमबहादुर खड्काले असोज ३ र ४ मा वडा अधिवेशन हुने र अब अधिवेशन नसर्ने बताएका छन्। बुधबार केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी उनले संवैधानिक व्यवस्था, सर्वोच्च अदालतको फैसला र निर्वाचन कार्यतालिका अनुसार वडा अधिवेशन निर्धारित मितिमै हुने बताए।
उनकाअनुसार ७७ वटै जिल्लामा निर्वाचन अधिकृत खटाइसकिएको छ भने उनीहरूले सम्बन्धित जिल्लामा पुगेर जिल्ला सभापति तथा स्थानीय पार्टी नेतृत्वसँग समन्वय गरिसकेका छन्। प्रत्येक वडामा मतदान अधिकृतसमेत खटाइसकिएको उनले बताए। अधिवेशनलाई पार्टीको आन्तरिक निर्वाचन मात्रै नभई संवैधानिक सर्वोच्चता र विधिको शासनसँग समेत जोडेर हेर्नुपर्ने बताएका उनले अदालतको फैसलाविपरीत कांग्रेस अघि नबढ्ने बताए।
बाढीबाट प्रभावित जिल्लाहरूमा पनि अधिवेशन सञ्चालन गर्न सकिने निष्कर्षमा पुगिएको उनको भनाइ छ।जिल्ला र प्रदेश अधिवेशन भने केन्द्रीय महाधिवेशनपछि गर्ने उनले बताए।समितिका सदस्य सचिव राजु कटुवालले असोज ३ र ४ गते हुने वडा अधिवेशनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको बताए।
उनअनुसार जिल्लामा ७७ जना, प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा १६५ जना, प्रदेशसभा निर्वाचन क्षेत्रमा ३३० जना, पालिकामा ७५३ जना र ६ हजार ७४३ वडामा सोही संख्यामा निर्वाचन अधिकृत खटाइएको छ।
वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधिसहित करिब साढे ३ लाख प्रतिनिधि चयन हुने प्रारम्भिक अनुमान रहेको उनले बताए। वडा तहबाट मात्रै करिब २ लाख ९६ हजार ६९२ जना प्रतिनिधि तथा पदाधिकारी चयन हुनेछन्।महाधिवेशन प्रतिनिधिको संख्या पनि करिब ७ हजारको हाराहारीमा पुग्ने उनको अनुमान छ।
१५० क्रियाशील सदस्यको सिलिङका आधारमा १६५ प्रतिनिधि सभा निर्वाचन क्षेत्रबाट ५ हजार ४४५ जना, प्रदेशसभा क्षेत्रका पदेन प्रतिनिधि ३३० जना र पालिका सभापतिबाट ७५३ जना महाधिवेशन प्रतिनिधि आउने उनले बताए। विदेशस्थित जनसम्पर्क समिति, भ्रातृ तथा शुभेच्छुक संस्थाबाट आउने प्रतिनिधि थपिएपछि संख्या अझ बढ्न सक्ने उनको भनाइ छ।निर्वाचन समितिले करिब ८ लाख ७० हजार क्रियाशील सदस्यको डिजिटल विवरण प्राप्त गरिसकेको जनाएको छ।रसुवा, नुवाकोट र धादिङलगायत केही जिल्लाको विवरण अन्तिम रूप दिन बाँकी रहेकाले ती जिल्लाको विवरण पछि थपिने कटुवालले बताए।
महाधिवेशनलाई महिलामैत्री बनाउने उद्देश्यले निर्वाचन अधिकृतको भूमिकामा महिला कानून व्यवसायीको सहभागिता बढाइएको समितिले जनाएको छ।काठमाडौं, भक्तपुर र ललितपुरका १५ वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा १८ जना महिला कानून व्यवसायी निर्वाचन अधिकृतका रूपमा खटिएका छन्।
काठमाडौं । भोटेकोसी नदीमा आएको बाढीबाट रसुवा, नुवाकोट र धादिङका १८ वटा विद्यालय प्रभावित भएका छन् । तीमध्ये ११ वटा पूर्ण रूपमा क्षतिग्रस्त हुँदा ९३