Logo

बिहिवार, कार्तिक ६ गते २०८३

अ

यस वर्ष कोजाग्रत पूर्णिमामा  कांग्रेसको चियापान कार्यक्रम नहुने

यस वर्ष कोजाग्रत पूर्णिमामा  कांग्रेसको चियापान कार्यक्रम नहुने


यस वर्ष कोजाग्रत पूर्णिमामा  कांग्रेसको चियापान कार्यक्रम नहुने


कार्तिक् ३  कामना  ।

नेपाली कांग्रेसले यस वर्ष कोजाग्रत पूर्णिमाका अवसरमा आयोजना गर्दै आएको चियापान कार्यक्रम नगर्ने भएको छ ।देशमा प्राकृतिक विपत्तिका कारण ठूलो जनधनको क्षति भएको र शोकको अवस्था रहेकाले कार्यक्रम स्थगित गर्ने निर्णय गरिएको हो ।

नेपाली कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जारी गरेको सूचनाअनुसार, भोटेकोसीमा आएकोa बाढीबाट ठूलो मानवीय क्षति हुनुका साथै पाँच हजारभन्दा बढी व्यक्ति बेपत्ता रहेको र बुढीगण्डकी क्षेत्रमा आएको बाढीले समेत थप जनधनको क्षति पु¥याएको अवस्थामा यस वर्ष चियापान कार्यक्रम आयोजना नगरिने भएको हो ।

नेपाली कांग्रेसले २०३४ सालदेखि कोजाग्रत पूर्णिमाका दिन चियापान समारोह आयोजना गर्दै आएको छ । राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर २०३३ साल पुस १६ गते स्वदेश फर्किएका बीपी कोइरालाले आपसी सौहार्दता अभिवृद्धि तथा शुभकामना आदानप्रदान गर्ने उद्देश्यले २०३४ सालको कोजाग्रत पूर्णिमामा चियापान समारोह सुरु गरेका थिए । केही वर्ष विशेष कारणले कार्यक्रम आयोजना हुन नसके पनि त्यसयता कांग्रेसले यसलाई निरन्तरता दिँदै आएको छ ।कांग्रेस सभापति गगनकुमार थापाले शोकको यस घडीमा चाडपर्व मनाउँदा भड्किलो शैली अपनाउनुको सट्टा शान्त र संयमित रूपमा परिवारमा सीमित रहेर मनाउन आग्रह गरेका छन् ।

 

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ