१८ कात्तिक, कामना ।
नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनोज कुमार केसीले आधारभूत तहका प्रहरी कर्मचारी (कार्यालय सहयोगीदेखि बरिष्ठ हवल्दारसम्म)को गुनासो सुन्न संयन्त्र बनाइने बताएका छन् ।गृहमन्त्रालयमा आयोजित दर्ज्यानी चिह्न प्रदान कार्यालयमा फुली लगाइसकेपछि सम्बोधन गर्दै केसीले उक्त कुरा बताएका हुन् । ‘आधारभूत तहका प्रहरी कर्मचारीको गुनासो सुन्न तत्काल संयन्त्र सञ्चालन गर्नेछौं । सचिवालयमा त्यो संयन्त्र बनाइन्छ’ केसीले भने ।
त्यस्तै नागरिकले प्रहरी देख्दा डर होइन भरोसा महसुस बनाउने पनि उनले बताएका छन् । भ्रामक सूचना, डिपफेक, अनलाइन ठगी, क्रिप्टो करेन्सी, वैदेशिक रोगजार ठगी अहिलेको चुनौती रहेको पनि उनले औंल्याए ।
नेपाल प्रहरी र नागरिकबीचको सम्बन्ध र विगतका घटनाहरुबाट बल प्रयोगबारे पनि धेरै पाठ सिकेको पनि डा। केसीले बताए । सरुवा–बढुवामा पनि सिस्टम बसालेर काम गर्नुपर्ने अवस्था रहेको उनले औंल्याएका छन् ।
अहिलेको यो चुनौतीलाई आफूले अवसरलाई ग्रहण गरेको बताउँदै केसीले भने, ‘आधारभूत तहका प्रहरी कर्मचारीको गुनासो सम्बोधन गर्नुपर्ने अवस्था छ । जुनियर र सिनियर प्रहरीलाई पनि अकाउन्टेबल बनाउनुपर्ने अवस्था छ ।’प्रहरी सेवा अन्य पक्षसँग पनि सम्बन्धीत रहेको बताउँदै आईजीपी केसीले दलिय प्रभावबाट मुक्त हुन सहयोगको समेत अपेक्षा गरेका छन् । संविधान र कानून प्रति अविचलित नरही संगठनको मयार्दा र निपक्षतामा कुनै सम्झौता नगर्ने प्रतिबद्धता पनि केसीले व्यक्त गरेका छन् ।
११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ