Logo

बिहिवार, आश्विन २२ गते २०८३

अ

कोरियालाई ल्होसारमय बनाउन कलाकार इन्द्रा गुरुङको अवतरण ।

कोरियालाई ल्होसारमय बनाउन कलाकार इन्द्रा गुरुङको अवतरण ।

  • 2.0K
    SHARES

  • बोम्जन गुरुङ ०४ जनवरी २०२०, दक्षिण कोरिया अंग्रेजी नयाँ वर्षको जनवरी महिनाको पहिलो आइतबार ल्होसार मनाउँदै आएको परम्परा अनुसार यो पटक पनि २०२० जनवरी ०५ तारिक आइतबारका दिन सउल स्थितको सुविधा सम्पन्न हल Hotel Skypark Kingston Dongdaemun मा मनाउन लागिरहेको तमू च्यु-ल्होसारको लागि नेपाली लोक तथा दोहोरी क्षेत्रमा अत्यन्तै चर्चित गायिका इन्द्रा गुरुङ आज बिहान कोरिया अवतरण गरेकी छिन् । तमू धीं दक्षिण कोरियाले यो वर्ष फो-ल्हो (मृग वर्ग) लाई विदाई गर्दै च्यु-ल्हो (मुसा वर्ग) लाई स्वागत गरि दिवा भोज, शुभकामना आदानप्रदान तथा विविध साँस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको हो । सोही कार्यक्रमका लागि रचनाकार, संगीतकार, नायक, कुशल सर्जक र गायक मनोज गुरुङ भने हिजो ०३ तारिक साँझ नै कोरिया आईसकेका छन् । कार्यक्रममा आवत जावतमा थप सहजताका लागि तमूहरुको बाक्लो बसोबास रहेको र संस्थाको शाखा विस्तार भईसकेको कोरियाको दक्षिणी थेगु र बुसान क्षेत्रबाट नि:शुल्क बसको व्यवस्था गरिएको र कार्यक्रमका लागि सम्पूर्ण तयारी पूरा भईसकेको आयोजकले जनाएको छ । कोरियामा रहेका सम्पूर्ण तमू (गुरुङ) एवं गैर तमू (गुरुङ) दाजुभाइ तथा दिदीबहिनीहरु, सबै संघ-संस्थाहरु, बुद्धिजीबीहरु, पत्रकारहरु, व्यवसायीहरुलाई हार्दिक निमन्त्रणा सहित सो कार्यक्रममा उपस्थित जनाई “तमू (गुरुङ) च्यु-ल्होसार २०७६” कार्यक्रम सभ्य र भव्य सफल पारिदिनु हुन तमू धीं दक्षिण कोरियाका केन्द्रीय अध्यक्ष जित गुरुङले हार्दिक अनुरोध गरेका छन् ।

    • शुक्रवार, पौष १८ २०७६०५:५७:३९
    सम्बन्धित समाचार
    विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ