नेपाली कांग्रेसले केन्द्रीय समितिको आकार बढाएको छ। २०७८ मा भएको १४ औं महाधिवेशनमा १६८ सदस्यीय केन्द्रीय समिति रहेकोमा गत पुसमा भएको विशेष महाधिवेशनबाट २३१ सदस्यीय बनाइएको थियो। तर अहिले १५ औं महाधिवेशन उद्घाटन गरेर बन्द सत्र सुरू गर्नुअघि केन्द्रीय समिति २८१ सदस्यीय बनाउने समझदारी नेताहरूबीच भएको छ।
विधान संशोधन प्रस्तावमा केन्द्रीय समितिको आकार वृद्धि गर्ने प्रस्ताव छ र उक्त प्रस्ताव आज महाधिवेशनस्थल खुलामञ्चमा बसेको केन्द्रीय समिति बैठकबाट अनुमोदन भई बन्द सत्रमा पेस गर्ने तयारी छ।
अब कांग्रेसमा एक सभापति, १ वरिष्ठ उपसभापति, एक महिलासहित ३ उपसभापति, ३ महामन्त्री, १४ सहमहामन्त्री रहने व्यवस्था प्रस्ताव गरिएको महामन्त्री प्रदीप पौडेलले बताए। उनकाअनुसार एक महिलासहित ३ महामन्त्री रहनेछन्।सहमहामन्त्री भने ११ जना निर्वाचनबाट र ३ जना मनोनीत रहनेछन्। ३ मनोनीतमध्ये एक जना महिला अनिवार्य गरिएको छ। ‘पदाधिकारी र केन्द्रीय समितिको आकार वृद्धि गर्ने प्रस्ताव गरिएको छ, अब केन्द्रीय समिति २८१ सदस्यीय हुने देखिन्छ,’ उनले भने।
खुलातर्फ केन्द्रीय सदस्य ४५ जना रहनेछन् भने खुला महिलातर्फ १७ जना रहनेछन्। ‘हरेक कलस्टरमा पहिलेभन्दा संख्या बढाइएको छ,’ उनले भने।कांग्रेसमा आकांक्षी धेरै हुँदा नेताहरू व्यवस्थापनका लागि केन्द्रीय समिति संख्या वृद्धि गर्न लागिएको कतिपय नेताहरूको भनाइ छ।तर प्रवक्ता देवराज चालिसेले संख्या थपिनुको अर्थ नेता व्यवस्थापन नभएको दाबी गरे। ‘संख्या थपिनुको अर्थ नेता उत्पादन गरेको होइन, संख्या थप्नुको अर्थ कांग्रेसको कार्यक्षेत्र विस्तार हुँदैछ,’ उनले भने, ‘केन्द्रीय सदस्यदेखि पदाधिकारीसम्म काम तोकिन्छ र त्यो काम कार्यसम्पादन गर्नुपर्ने हुन्छ।’
११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ