Logo

बुधवार, आश्विन २१ गते २०८३

अ

विश्वप्रकाश र पुष्पा निर्विरोध,  सभापतिमा ३ सहित पदाधिकारीमा ३० जनाको उम्मेदवारी

विश्वप्रकाश र पुष्पा निर्विरोध,  सभापतिमा ३ सहित पदाधिकारीमा ३० जनाको उम्मेदवारी


विश्वप्रकाश र पुष्पा निर्विरोध,  सभापतिमा ३ सहित पदाधिकारीमा ३० जनाको उम्मेदवारी

२० असोज, कामना।

नेपाली कांग्रेसको १५औं महाधिवेशनमा सभापति पदमा तीन जनासहित विभिन्न पदाधिकारी ३० जनाको उम्मेदवारी दर्ता भएको छ।

सभापति पदमा गगन थापा, श्यामकृष्ण खड्की र किशोरसिंह राठौरले उम्मेदवारी दर्ता गराएका छन्। गगन थापाले मंगलबार साँझ उम्मेदवारी दर्ता गरेका हुन्। वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्माको एकल उम्मेदवारी परेको छ। उनी निर्विरोध निर्वाचित भएका छन्।

महिला उपसभापतिमा पुष्पा भुसालको मात्र उम्मेदवारी परेको छ। उनी पनि महिला उपसभापतिमा निर्विरोध निर्वाचित भएकी छन्।

खुला उपसभापतिमा डा. चन्द्र भण्डारी, देवराज चालिसे, सुरेन्द्रराज पाण्डे, मधु आचार्य, डा. मिनेन्द्र रिजाल, दीपक गिरी, धनराज गुरूङ, गोविन्द भट्टराई र डा. चन्द्रमोहन यादवले उम्मेदवारी दिएका छन्। समावेशी उपसभापतिमा जीवन परियार, विनोद चौधरी, फर्मुल्लाह मन्सुर, सीता गुरूङ र रन्जित कर्णले उम्मेदवारी दर्ता गराएका छन्।


खुला महामन्त्रीमा प्रदीप पौडेल, गुरूराज घिमिरे, उदयशमशेर राणा, अमरसिंह पुन, नैनसिंह महर, शंकर तिवारी, डा. सुनिल शर्मा र डा। सन्तोष उपाध्यायको उम्मेदवारी परेको छ।महिला महामन्त्रीमा डा. डिला संग्रौला, डिना उपाध्याय र रिता खनालले उम्मेदवारी दिएका छन्।


यस अनुसार सभापतिमा तीन जना, वरिष्ठ उपसभापति र महिला उपसभापतिमा एक–एक जना, खुला उपसभापतिमा नौ जना, समावेशी उपसभापतिमा पाँच जना, खुला महामन्त्रीमा आठ जना र महिला महामन्त्रीमा तीन जनाको उम्मेदवारी परेको छ। कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत मंगलबार नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता भएको हो।

राष्ट्रिय सभागृहमा भएको उम्मेदवारी दर्ताका लागि निर्वाचन समितिले आवश्यक फारम, प्रस्तावक–समर्थक, शुल्क बुझाएको भौचर, महाधिवेशन प्रतिनिधिको प्रमाणपत्र लगायत कागजात अनिवार्य गरेको छ।

महाधिवेशनबाट कांग्रेसले नयाँ केन्द्रीय कार्यसमिति चयन गर्दैछ। यस पटक विधान संशोधनपछि कांग्रेसको केन्द्रीय कार्यसमिति २५ पदाधिकारीसहित २९७ सदस्यीय हुने भएको छ।

 

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ