काठमाडौँ २० पुस । आफुले मन परेको युवतीलाई बहुमुल्य उपहार दिएर प्रेम प्रस्ताव राख्दा उपहार स्वीकार गरेर प्रेम प्रस्ताव चाँही अस्विकार गर्दा तपाईलाई कस्तो लाग्छ ? पक्कै पनि मरितुल्य भए झैं लाग्छ होला हैन? हो पछिल्लो समय लन्डनमा पनि यस्तै भएको छ । तर त्यसभित्र गम्भीर कारण रहेको छ ।
एक युवकले मोडल अमाण्डालाई २ लाख ५० हजार पाउण्ड (३ करोड ७६ लाख नेपाली रुपैयाँ) मूल्य बराबरको हीराको औंठी दिएर प्रेम प्रस्ताव गरे । मोडलले औंठी लिएर राखिन् तर प्रेम प्रस्ताव भने अस्वीकार गरिन् ।
बेलायती मिडिया डेलीमेलका अनुसार लण्डनकी सोशलाइट र मोडल अमाण्डा क्रोनिनलाई एक अन्जान युवकले प्रस्ताव गरेका थिए । यी दुईको भेट अमेरिकाको न्यूयोर्कको एक होटलमा भएको थियो । ती अन्जान युवकले अमाण्डालाई भान क्लिफ एण्ड अर्पल्स ब्राण्डको औठी दिएका थिए । यो औंठीको मूल्य २ लाख ५० हजार पाउण्ड पर्छ । अमाण्डा इन्स्टाग्राम मोडलका रुपमा चर्चित छिन् । उनका अनुसार प्रस्ताव गर्ने युवक उत्तरी युरोपका निकै शक्तिशाली व्यक्तिहरुमध्ये एक थिए । अमाण्डाले भनिन् ‘मैले ख्याल गरें कि एक निकै आकर्षक व्यक्ति मसँग आँखा मिलाइरहेका छन् । उनले मलाई आफ्नो नाम बताए र नम्बर पनि दिए ।’
अर्को दिन अमाण्डाले ती व्यक्तिलाई म्यासेज पठाइन् । त्यसको लगत्तै ती व्यक्तिले अमाण्डालाई कैयौं प्रेमपूर्ण म्यासेज पठाए । अमाण्डाका अनुसार उनलाई थाहा भइसकेको थियो कि ती व्यक्तिकी पत्नी पनि छिन् । त्यसपछि अमाण्डाले जवाफ दिइन् कि उनी सम्भवतः ती व्यक्तिसँग भेट्न सक्दिनन् । त्यसपछि ती व्यक्तिले आफू आफ्नो वैवाहिक सम्बन्ध तोड्न तयार रहेको बताए । त्यसको ठिक पछि ती व्यक्तिले अमाण्डालाई प्रपोज गरे ।
पछि अमाण्डा लण्डनमा ती व्यक्तिसँग फेरि भेटिन् । अमाण्डाका कारण बहुमूल्य औंठौ राख्नु निकै अनौठो भएको थियो । उनी औंठी फिर्ता गर्न चाहन्थिन् तर ती व्यत्तिःले अमाण्डाले औंठी राखे आफूलाई खुसी हुने बताए । अमाण्डा अहिले क्यानडाका एक व्यक्तिसँग प्रेममा छिन् । उनले आफ्ना पार्टनरको नाम बताउन भने अस्वीकार गरिन् ।
https://www.youtube.com/watch?v=OQC3MO9gSUI&t=158s
११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ