Logo

बिहिवार, आश्विन २२ गते २०८३

अ

पूर्वराजा ज्ञानेन्द्रको अघिपछि बुहारी हिमानी हुनुको रहस्यमय कारण यस्तो रहेछ

पूर्वराजा ज्ञानेन्द्रको अघिपछि बुहारी हिमानी हुनुको रहस्यमय कारण यस्तो रहेछ

  • 1.1K
    SHARES

  • २७ पौष काठमाडौँ ,   पुसमा पोखरामा आफ्ना छोराछोरीसँग पूर्वयुवराज पारस शाहले जन्मदिन मनाउँदै गर्दा पत्नी तथा पूर्वयुवराज्ञी हिमानी शाह भने झापा भ्रमणका क्रममा ससुरा तथा पूर्वराजा ज्ञानेन्द्रसँग पूर्वी नेपालको भ्रमणमा थिइन् । हाल पनि उनीहरु पुर्व भ्रमणकै क्रममा छन् ।शाही परिवारप्रति चासो रहेका र राजावादीहरूका मनमा एउटा प्रश्न सामान्य बनेको छ– सँधै ज्ञानेन्द्रको अघिपछि किन बुहारी हिमानी प्रायः हुन्छिन् ? यो प्रश्न स्वभाविक हुनुका अनेक उदाहरण छन् । शाही परिवारका विभिन्न भ्रमणमा पूर्वराजा ज्ञानेन्द्रको साथमा पारसको उपस्थिति अनिवार्य देखिँदैन तर हिमानी अनिवार्य हुन्छिन् ।प्रत्येक बर्ष हुने देशाटन तथा विदेश भ्रमणमा पनि ज्ञानेन्द्रसँग हिमानी अनिवार्य हुने गरेको देखिन्छ । अघिल्लो बर्ष भएको देश भ्रमण तथा दक्षिण एसीयालगायतका विभिन्न मुलुकका भ्रमणमा हिमानी सँगै थिइन् । खासगरी, श्रीलंका, माल्दिभ्स, भारतका भ्रमणमा पनि हिमानीको अनिवार्य सहभागीता रहेको थियो । थाइल्यान्डका कतिपय भ्रमण र गोप्य भेटमा पनि उनको उपस्थिति अनिवार्य रहेको विवरणले पुष्टि गर्छन् । यस बारेमा उच्च स्रोत भन्छ- ‘दरबारको उत्तराधिकारीका रुपमा राजाले युवराज्ञीलाई राखेका कारण हरेक भेटघाट र राजनीतिक, धार्मिक व्यक्तित्वसँगको परिचयका लागि बुहारीलाई अगाडि बढाएको हुनसक्छ’। ‘दरबारभित्रको रणनीतिक भ्रमण र तयारीका विषयमा सूचना र यथार्थ बाहिर नआएका कारण विविध कोणबाट व्याख्या हुने नेपालको सामाजिक चरित्र नै हो’, एक राजावादी भन्छन्,‘नेपाललाई हिन्दूत्व र आगामी पुस्तालाई कसरी संरक्षण गर्न सकिन्छ भन्ने व्यवाहारिक ज्ञानका लागि पूर्वयुवराज्ञीलाई अगाडि बढाइएको हो ।’ पछिल्लो पटक एलओडी क्लवमा अकास्मात् ज्ञानेन्द्र प्रकट हुँदा शाही परिवारका केही सदस्य थिए । रानी कोमल थिइनन् तर बुहारी हिमानी उनीसँगै क्लवमा पुगेकी थिइन् । जहाँ ‘रातो र चन्द्र सूर्य’ भन्ने बोलको गीतमा ज्ञानेन्द्रसहित हिमानी पनि नाचेकी थिइन् । एकथरी राजावादीका अनुसार पूर्वयुवराज पारस शाहले निर्मलनिवासको उत्तराधिकारीको भूमिका देखाउन नसक्नुको विकल्पमा पूर्वराजा ज्ञानेन्द्रले हिमानीलाई अगाडि बढाएका हुन् । त्यसैले पारसलाई निर्मलनिवास प्रवेशमा रोक लगाउँदै जनतामाझ जाँदा पूर्वयुवराज्ञीलाई अगाडि बढाइएको हो । हिमानीले खोलेको ट्रष्टमा पूर्वराजा ज्ञानेन्द्र संरक्षक छन् । उक्त ट्रष्टमार्फत दैवीप्रकोप पीडितलगायतलाई हिमानीले सहयोग हस्तान्तरण गर्दै आएकी छन् । गोखरादेखि धादिङसम्म उनले गरेको कामका कारण लोकप्रियता बढीरहेको छ । https://www.youtube.com/watch?v=QZA7Nm3VC6o&t=2914s

    • आइतवार, पौष २७ २०७६०४:१३:५३
    सम्बन्धित समाचार
    विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ