Logo

बिहिवार, आश्विन २२ गते २०८३

अ

प्रियंका कार्की र दिलिप रायमाझीको आभिनय रहेको ‘लक्का जवान’को शिर्ष गीत सार्वजनिक

प्रियंका कार्की र दिलिप रायमाझीको आभिनय रहेको ‘लक्का जवान’को शिर्ष गीत सार्वजनिक

  • 1.7K
    SHARES

  • २ माघ काठमाडौँ  चैत्र २१ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘लक्का जवान’को शिर्ष गीत सार्वजनिक गरिएको छ । काठमाण्डौमा पत्रकार सम्मेलनको आयोजना गर्दै सार्वजनिक गरिएको गीत दर्शक तथा श्रोताको मुखमा झुन्डिने खालको छ । बब्लु गिरीको संगीतमा तयार भएको यो गीतमा डीपी खनालको शब्द छ भने बब्लु र मिना निरौलाको स्वर छ । गीतको भिडियोमा चलचित्रका अधिकांश कलाकारलाई देख्न सकिन्छ । भिडियोमा नायिका प्रियंका कार्की र दिलिप रायमाझीको जोडीलाई देख्न सकिन्छ । यस्तै, नायक सलोन बस्नेत र नायिका वर्षा सिवाकोटीलाई जोडीको रुपमा देख्न सकिन्छ । यस्तै, चलचित्रको शिर्ष भूमिकामा देखिएका किरण केसी, राजाराम पौडेल, शिवहरि पौडेलको साथमा सुशिल पोखरेल, मनिषा श्रेष्ठ लगायतलाई पनि गीतको भिडियोमा देख्न सकिन्छ । कविराज गहतराजले कोरियोग्राफी गरेको भिडियोमा पुरुषोत्तम प्रधानको छायांकन, मीत्र डी गुरुङको सम्पादन छ । चलचित्रमा कथा, पटकथा, संवाद तथा निर्देशन शिवहरि पौड्यालको छ । अनसुया श्रेष्ठको लगानी रहेको चलचित्रमा किरण केसी, शिवहरि पौडेल र दीलिप रायमाझी कार्यकारी निर्माताको रुपमा छ । यो चलचित्रलाई कमेडी कथामा तयार पारिएको छ । गीतले दर्शकको मन जित्ने अपेक्षा गर्न सकिन्छ । https://youtu.be/PrSgzNNBSug

    • बिहिवार, माघ २ २०७६१२:५४:१३
    सम्बन्धित समाचार
    विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ