Logo

बिहिवार, आश्विन २२ गते २०८३

अ

आस्था राउतविरूद्ध अभद्र व्यवहार मुद्दाको जाहेरी दर्ता, राउत फरार

आस्था राउतविरूद्ध अभद्र व्यवहार मुद्दाको जाहेरी दर्ता, राउत फरार

  • 1.0K
    SHARES

  • ५ माघ काठमाडौँ  गायिका आस्था राउतविरूद्ध अभद्र व्यवहार मुद्दाको जाहेरी काठमाडौं प्रहरीमा दर्ता भएको छ। प्रहरी जवान रमिसा श्रेष्ठले दिएको अभद्र व्यवहार कसुरअन्तर्गतको जाहेरी आइतबार महानगरीय प्रहरी परिसर काठमाडौंले दर्ता गरेको हो। गायिका राउतमाथि कारबाही गर्न भनी प्रहरी जवान श्रेष्ठले दिएको जाहेरी दर्तासँगै प्रहरी राउतको खोजीमा जुटेको  परिसर प्रमुख एसएसपी उत्तम सुवेदीले बताए। ‘उहाँ अहिले फरार हुनुहुन्छ, उहाँको खोजीमा प्रहरी परिचालन भएको छ,’ सुवेदीले  भने। हरी कर्मचारीलाई बुधबार दुर्व्यवहार गरेको प्रारम्भिक प्रतिवेदनलाई नै जाहेरी मानेर प्रहरीले राउतमाथि अभद्र व्यवहार कसुरको मुद्दा दर्ता गरेको हो। अभद्र व्यवहार कसुरको मुद्दा प्रमुख जिल्ला अधिकारीले हेर्छन्। यसमा एक वर्षसम्म कैद र जरिवाना हुने व्यवस्था छ। बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी जवान श्रेष्ठमाथि दुर्व्यवहार गरेको प्रतिवेदनमाथि अनुसन्धान तथा कारबाही गर्न काठमाडौं परिसरलाई निर्देशन दिइएको थियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले राउत र प्रहरी जवान श्रेष्ठबीच भएको कुराकानीको भिडिओ तथा त्यसबेला रेकर्ड भएको सिसिटिभी फुटेजसमेतको प्रतिवेदन संकलन गरेर महानगरीय प्रहरी कार्यालय रानीपोखरी (मेट्रो)मा पठाएको थियो। उक्त प्रतिवेदनमा जवान श्रेष्ठले आफूमाथि दुर्व्यवहार भएको उल्लेख गरेकी छिन्। मेट्रोले उक्त प्रतिवेदनमाथि कारबाही गर्न परिसर पठाएको थियो। यस्तै, राउतले सो घटनालाई लिएर बाहिर ल्याएको भिडिओ पनि प्रहरीले संकलन गरेको छ। सो भिडिओका आधारमा राउतलाई साइबर अपराधसम्मको कसुरमा अनुसन्धान गरिने महानगरीय कार्यालयले जनायो। ‘सो भिडिओमा प्रहरीमाथि जुन किसिमको अपशब्द र संगठनकै मान मर्यादामा चोट पुर्‍याउने किसिमको शब्द उल्लेख छ, त्यसले साइबर अपराधसम्मको कारबाही आकर्षित गर्छ,’ रानीपोखरीकै एक अधिकृतले भने। त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका एसएसपी रामकृपाल साहका अनुसार माघ १ गते राउत भद्रपुर जाने क्रम यो घटना भएको थियो। कानुनबमोजिम अधिकार प्राप्त सुरक्षाकर्मीले चेकजाँच गर्ने क्रममा राउतले दुर्व्यवहार गरेको देखिएको साहले बताए। के भएको थियो? बुधबार राउत भद्रपुर जाने क्रममा मध्यान्ह विमानस्थलमा पुगेकी थिइन्। सो क्रममा उनी आन्तरिक टर्मिनलको एक्सरेमा छिर्दा रातो बत्ती बलेपछि सुरक्षाकर्मीले ज्याकेट फुकाल्न लगाएका थिए। मेटल डिटेक्टिभ एक्सरेले रातो देखाएपछि सुरक्षाकर्मीले पुन: चेकजाँच गर्छन्। यसक्रममा राउत झोक्किएर ज्याकेट फुकाल्दै एक्सरे मेसिनमा हालेकी थिइन्। सो बेला उनले हातमा लिइरहेको कफीको कप प्रहरी कर्मचारीले सुरक्षित गरिदिएकी हुन्छिन्। चेकजाँच सकिएपछि उनले त्यो फिर्ता गरिदिएकी थिइन्। तर, राउतले कप ठेल्छिन्। केहीबेरमा कपबाट कफी पोखिएको थियो र राउतको ज्याकेट भिजेको थियो। यसक्रममा राउतले प्रहरी कर्मचारीलाई केहीबेर गाली गरेकी थिइन्। प्रहरीले विमानस्थलमा भएको घटनाको सिसिटिभी फुटेज सार्वजनिक गरेपछि  गायिका राउतले  फेसबुक लाइभमा माफी मागेकी थिइन्। https://www.youtube.com/watch?v=tfQnX30ncow&t=1294s

    • आइतवार, माघ ५ २०७६०१:०१:०५
    सम्बन्धित समाचार
    विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ