Logo

बिहिवार, आश्विन २२ गते २०८३

अ

दर्शकको ध्यान तान्न सकेन फिल्मका लोकगीतहरुले !

दर्शकको ध्यान तान्न सकेन फिल्मका लोकगीतहरुले !

  • 1.2K
    SHARES

  • ५ माघ काठमाडौँ  माघे संक्रान्तीको अवसर पारेर चलचित्र ‘लक्का जवान’को शिर्ष गीत सार्वजनिक भयो । यो गीतमा नायक दिलिप रायमाझीदेखि नायिका प्रियंका कार्कीसम्मले अभिनय गरेका छन् । चलचित्रमा गीत छान्न सिपालु मानिने निर्माता किरण केसीले यो गीत तयार पारेका हुन् । तर, पनि यो गीतले दर्शकको ध्यान तान्न सकेन । सार्वजनिक भएको ५ दिनमा चलचित्रको गीतलाई ३ लाख भ्यूज मिलेको छ । गीतले बजारमा खासै गतिलो प्रभाव पारेको छैन । चलचित्रको टिमले अब नयाँ गीत सार्वजनिक गर्दा अझै ध्यान दिनुपर्ने अवस्था छ । हुनत, हरेक कुरा धेरै भयो भने त्यसले दर्शकको ध्यान तान्न सक्दैन । सायद, पछिल्लो समयमा चलचित्रमा लोकलयका गीतको अवस्था यस्तै हुँदैछ । ‘सुर्के थैली खै’ बोलको गीत हिट भएपछि नेपाली चलचित्रमा लोकलयका गीत राख्ने प्रचलन खुबै बढ्यो । यसपछि, चलचित्रका गीतमा लोकलयका गीत अनिवार्य जस्तै भयो । राजनराज सिवाकोटी यस्ता गीत बनाउन माहिर देखिए । तर, अब त उनका गीत पनि कमजोर देखिन थालेका छन् । तिहारपछि सार्वजनिक भएका आधा दर्जन चलचित्रमध्ये अधिकांश चलचित्रमा लोकगीत समावेश छन् । तर, ती सबै गीतले बजारमा कुनै तहल्का पिट्न सकेका छैनन् । चलचित्रमा लोकलयका गीत राखेर चर्चा पाउने र दर्शकको आकर्षण खोज्ने क्रम बढेको छ । तर, यसले गतिलो नजिता दिन सकेको छैन । चलचित्र ‘सेन्टी भाइरस’को ‘फनफनी’ बोलको गीतदेखि चलचित्र ‘लभ डायरीज’को ‘छमछम’ बोलको गीतको हालत पनि कमजोर रह्यो । नायक विराज भट्टले बनाएको ‘साङ्लो’को ‘चरीले काफल’ बोलको गीतको अवस्था पनि गतिलो रहेन । बरु, यो चलचित्रको ट्रेलर सार्वजनिक भएपछि चर्चा चुलिएको छ । अब, चलचित्र बनाउने मेकरले एउटा लोकगीत राख्नैपर्छ भन्ने भावले गीत तयार पार्नु फाइदाजनक नहुने देखिएको छ । चलचित्रमा कथाको माग भएको खण्डमा यस्ता गीत आवश्यक छन् । तर, एउटा गीत राखेको खण्डमा चलचित्र चल्छ भन्ने सोचबाट भने बाहिरिन जरुरी देखिएको छ । https://www.youtube.com/watch?v=QZA7Nm3VC6o&t=1521s

    • आइतवार, माघ ५ २०७६०२:३६:२७
    सम्बन्धित समाचार
    विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ