Logo

बिहिवार, आश्विन २२ गते २०८३

अ

गीत संगीतसम्बन्धी ऐन र प्रतिलिपी अधिकार एकातिर स्रष्ट्राहरुको बुझाइ अर्कातिर

गीत संगीतसम्बन्धी ऐन र प्रतिलिपी अधिकार एकातिर स्रष्ट्राहरुको बुझाइ अर्कातिर

  • 1.9K
    SHARES

  • माघ १५, काठमाडौँ | केही दिन यता म्युजिक प्रोड्युसर र श्रष्टाबीचको विवादले मिडियाका पाना रंगिएका छन् । खासगरी म्युजिक नेपाललगायत कम्पनीले श्रष्टालाई रोयल्टी नदिएको भन्ने एकपक्षीय समाचार आइरहेका छन् । म्युजिक नेपालका संस्थापक सन्तोष शर्माले हरिशरण लामिछानेलाई अन्तर्वाता दिएको बाहेक सबैतिर श्रष्टाहरुका विचार मात्र समेटेको पाइयो । त्यसैले कामना न्युजले म्युजिक व्यवसायीका धारणा समेटेर एउटा रिपोर्ट तयार गरेको छ । म्युजिक प्रोड्युसर एसोसिएसनका अध्यक्ष बद्री पाण्डेले भने, ‘यो प्रोडुसरलाई घेरा बन्दी गर्ने खेल हो । गीत संगीतसम्बन्धी ऐन र प्रतिलिपी अधिकार एकातिर छ, स्रष्ट्राहरुको बुझाइ अर्कातिर । त्यही भएको हुनाले यो समस्या आएको हो । ऐन कानुन नबुझी कुइराको कागजसरी श्रष्टाहरु नै लाग्नु दुखद कुरा हो । कानुन नियमन र व्यवस्थापन राज्यको दायित्व हो । ऐन र प्रतिलीपी अधिकार प्रयोग गर्ने हो भने यो समस्या आउँदैन । गितकार संगीतमा नै रोयल्टीको आर्थिक अधिकार रहने र । सबभन्दा पहिले गायकहरुमा रहेको कमाइको एकाधिकारजस्तो असमान व्यवस्थामा परिवर्तन आउन जरुरी छ । गायकहरुले मात्र स्टेजमा प्रस्तुति दिएर लाखौँ कमाउने र निरन्तर कमाउने भएपछि बरु गीतकार र संगीतकार अन्यायमा परेका छन् ।’ ‘उत्पादकले लगानी गरेको ट्रयाकमा कुनै गायकलाई गीत गाउन दिइन्छ त्यो ट्रयाक उत्पादनको गितकार संगीतकारको स्वीकृतबिना लाखौँ कमाउँछन् । त्यसरी कमाइ गरेको गीतको गीतकारसँग उत्पादकलाई १ रुपैयाँ पनि रोयल्टी नतिरेको अवस्था छ । न त तिनीहरुले राज्यलाई १ रुपैया कर तिरेका नै छन,’ पाण्डेले गायकहरुसँग असहमति जनाए । म्युजिक प्रोडुसर एसोसिएसनका महासचिव बाबुराजा केसीले भने, ‘व्याक्तिगत रिसिबीको कारण यस्तो भएको हो । यो सरासर गलत हो । समस्या  एग्रिमेन्टमा मात्र होइन श्रस्ट्रा श्रस्ट्राबीच पनि हो । ऐन संशोधन गरिनुपर्छ । यातायातबाट उठेको ३ करोड, रेडियो टिभीबाट उठेको १ करोड पचाउन यो खेल रचिएको हो । ऐन संशोधन भई व्यवस्थित हुनुपर्यो । नत्र जथाभावी गर्न कसैलाई छुट छैन । हामी सदैव त्यसको विरोध गर्दछौँ । ’गीत संगीतको पाइरेसी रोयल्टी व्यवस्थापन बजार प्रवद्धन (प्रतीलीपी अधिकार धनी निर्माताको अधिकार श्रस्टा सर्जकको अधिकार प्रस्तोताको रुपमा गायक बाध्यबाधक मोडेलको अधिकार सुनिश्चित गर्न लगायत नेपाली गीत संगीतको क्षेत्रमा धेरै समस्याहरु रहेका छन् तर सबै क्षेत्रका स्टक होल्डरसंगको छलफल बिना एउटा समुहको इच्छा र चाहना बमोजिम मात्रै संगीत व्यवसाय चल्न सक्दैन तसर्थ नान्ग्लो ठटाएर हात्ती तर्साउने शैली इगो, इर्ष्या र प्रतिसोध छोडी समग्र संगीत व्यवसायको प्रवद्धनका लागी सबै वास्तविक स्रष्टा सर्जक उत्पादक एवं सांगीतीक मनहरु एक हुनु पर्दछ केसीले भने । एक च्यानललाई यादव खरेलले दिएको अन्तर्वार्तालाई इङ्गित गर्दै संगीत उत्पादक समाजका संस्थापक अध्यक्ष तथा  नेपाल संगीत उद्योग संघका पुर्व अध्यक्ष पदमबहादुर बुढाले भने । विगत तिन दशकदेखि इतिहास बोकेको म्युजिक नेपाल स्रस्टा कलाकारको सृजनाको संरक्षण गरेको हो | नेपालको पहिलो रत्न रेकर्डिङ स्टुडियोमा रेकर्ड भएका गीतहरूलाई संरक्षण गर्ने कुनै निकाय थिएन | त्यो बेला म्युजिक नेपालले रत्न रेकर्डिङ स्टुडियोमा रेकर्ड भएका गीतहरूलाई संरक्षण दियो | एउटा इतिहास बोकेको म्युजिक प्लाटफर्म म्युजिक नेपाल विरूद्ध स्रस्टा कलाकार गायकहरू उत्रिनु भनेको निकै दुखद कुरा हो बुढाले भने । अर्का संगीत व्यवसायी तथा विन्द्यवासिनी म्युजिक सेन्टरका प्रोप्राइटर सुवास रेग्मीले भने, ‘सुवासचन्द्र ढुङ्गेलको गीत भक्तराज आर्चायको संगीत हो । विन्द्यवासीनीले वितरण गरेको मात्र हो । यसको सर्वाधिकार सुवासचन्द्र ढुङ्गेलमा निहित रहेको छ ।’ स्मरण रहोस विन्द्यवासीनी म्युजिक प्रा.लि.ले बिगत एक दशकदेखि अग्र स्रस्टा कलाकारहरूलाई सम्मान गर्दै आएको छ | अग्रजलाई सम्मान अनुजलाई प्रोत्साहन गर्दै  आइरहेको विन्द्यवासीनी म्युजिक प्रा.लि. लाई मुद्धा हालिनु भनेको दुखद कुरा हो रेग्मीले बताए | सत्य-स्वरुप एकल साझ पनि विन्द्यवासीनीले नै गरेको हो | भक्तराज आचार्संय गीत प्रतिष्ठानलाई विन्द्यवासीनी म्युजिकले लाखौ रुपैया आर्थिक सहयोग गरेको छ | नितान्त व्यक्तिगत रिसिविका कारण अहिले आएर यस्तो विषय उठाउनु दुखद कुरा रहेको रेग्मीले बताए |

    • बुधवार, माघ १५ २०७६०२:००:२५
    सम्बन्धित समाचार
    विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ