प्रहरीले दुई किलो दु्ई सय ग्राम कोकिनसहित एक विदेशी नागरिकलाई पक्राउ गरेको छ । लागु औषध नियन्त्रण ब्यूरोले अवैध रुपमा कोकिन ओसारपसार कार्यमा संलग्न बोलिभियन नागरिक सोल्यानो क्याभेज मिगुललाई बिहीबार सार्वजनिक गरेको हो ।
ब्यूरोले लामो समयदेखि सूचना सङ्कलन, विश्लेषण र निगरानीका आधारमा काठमाडौं महानगरपालिका–२६ ज्याठास्थित बुद्धल्याण्ड होटलको ४०२ नम्बर कोठाबाट उनलाई पक्राउ गरेको हो । सुटकेशभित्र फल्स बटम बनाएर लुकाएको अवस्थामा कोकिन फेला परेपछि उनलाई पक्राउ गरी लागु औषध नियन्त्रण ऐन, २०३३ बमोजिम मुद्दा दर्ता गरेको छ । उनीमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
११ असोज, कामना ।
पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ