काठमाडौँ - क्यानाडाका एक व्यापारीले करिब १३ करोड ३० लाख (१० लाख डलर) रुपैयाँ जलाएका छन् । उनले पत्नीसँग सम्बन्ध विच्छेद गरेसँगै उक्त रकम जलाएका हुन् ।
५५ वर्षीय व्यापारी ब्रुस मेककानविलेले सम्बन्ध विच्छेदपछि पत्नीलाई पैसा दिनु पर्ने भएसँगै जलाएका हुन् । समाचारमा जनाइएअनुसार उनले आफूसँग भएको पैसा पत्नी तथा बच्चालाई दिन चाहँदैन थिए । सोही कारण पैसा जलाएको बताएका छन् ।
ब्रुसले उक्त रकम विभिन्न बैंकबाट २५ पटक निकालेका थिए । गत वर्ष डिसेम्बरमा उनीहरुको सम्बन्ध विच्छेद भएको थियो । तर उनले ती रकम कहाँ लगेर जलाएको हो भन्नेबारेमा खुल्न नसकेको समाचारमा जनाइएको छ ।
ब्रुसले भनेका छन्, 'सम्बन्ध विच्छेदको समयमा मेरो रिस निकै बढेको थियो । जसले मेरो सम्पत्ति उनीहरुलाई दिन चाहँदैन थिएँ । यही रिसमा आएर पैसा जलाएँ ।' उनले पैसा जलाएको काम खराब भएको समेत स्वीकार गरेका छन् । एजेन्सी
११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ