काठमाडौँ - शिवपुरी राष्ट्रिय निकुञ्जको दुई सय १६ रोपनी जग्गा पनि यती समूहले कौडीको भाउमा कब्जा गरेको खुलेको छ । निकुञ्जको जग्गा कुनै पनि व्यापारिक प्रयोजनलाई दिन नमिल्ने कानुनीविपरीत जग्गा यती वल्र्ड इन्भेस्टमेन्ट प्रालिले भाडामा दिएको हाे ।
तत्कालीन लप्सीफेदी गाविसमा पर्ने जंगल सामुदायिक भएकाले सरकारले २० वर्षअगाडि अमेरिकी नागरिक जेफ्री एस क्रेन र जे एन्ड्रयु क्रेनको स्वामित्वमा रहेको नेपाल वाइल्डलाइफ डेभलपमेन्ट कम्पनी प्रालिलाई लिजमा दिएको थियो । सो कम्पनीले वनमा रूख हुर्काउने, बाघ पाल्ने र इको–टुरिजम प्रवर्द्धन गर्ने प्रतिबद्धतासहित ५ भदौ ०५७ मा सम्झौता गरेको थियो ।
त्यसबेला दुई सय १६ रोपनी जग्गाको भाडा वार्षिक ६ हजार ६ सय तोकिएको थियो । जसमा हरेक वर्ष १० प्रतिशतले वृद्धि हुने सम्झौता थियो । ‘सरकारले पाउने रकम यत्ति नै हो,’ तत्कालीन गाविस अध्यक्ष रत्न लामाले भने, ‘सामुदायिक वन भएकाले गाविसलाई वार्षिक एक लाख रुपैयाँ दिने सहमति भएको थियो । पछि दिएको छैन ।’
चैत ०७३ मा सो वन शिवपुरी राष्ट्रिय निकुञ्जमा समेटियो । निकुञ्जको जग्गा व्यावसायिक प्रयोजनमा निजी क्षेत्रलाई दिन नमिल्ने भएकाले कम्पनीले सरकारसँगको पुरानो सम्झौता जोगाउन अप्ठ्यारो भयो । त्यही वेला वर्तमान सरकार गठन भयो । यो सरकार गठन भएको चार महिनाभित्रै असार ०७५ मा अमेरिकी नागरिकले सो कम्पनी यतीलाई जिम्मा लगाए । र, निकुञ्जको जग्गा यतीको पकडमा पुग्यो ।
शिवपुरीको जग्गा भाडामा लिएको नेपाल वाइल्ड लाइफ डेभलपमेन्ट कम्पनी प्रालिको ९७.५ प्रतिशत सेयर यतीले खरिद गरेको छ । पहिलो चरणमा कम्पनीले ४० वर्ष जग्गा उपभोग गर्न पाउने र थप ४० वर्षलाई पुनः नवीकरण गरिदिने गरी सम्झौता भएको थियो । त्यसमा ६० वर्ष जग्गा उपभोग गर्न पाउने भएपछि यती समूहले सो कम्पनी किनेको हो ।
नेपाल वाइल्डलाइफ डेभलपमेन्ट कम्पनीको स्वामित्व यती वल्र्ड इन्भेस्टमेन्टमा आएको २० महिनासम्म पनि उसले जानकारी गराउनुपर्ने कुनै निकायमा विवरण दिएको छैन । प्रतिसेयर एक हजार रुपैयाँका दरले १५ करोड ६० लाख रुपैयाँमा यतीले एक लाख ५६ हजार कित्ता सेयर खरिद गरेको हो ।
कम्पनीमा पुराना सेयरधनी जेफ्री एस क्रेन र जे एन्ड्रयू क्रेनको समेत २–२ हजार सेयर छ । जसको कूल मूल्य ४० लाख रुपैयाँ हुन्छ । कम्पनीमा यती वल्र्ड इन्भेस्टमेन्टका तर्फबाट ल्हाक्पा सोनाम शेर्पा, आङछिरिङ शेर्पा र उमेश पनेरू सञ्चालक छन् ।
११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ