Logo

बिहिवार, आश्विन २२ गते २०८३

अ

बाघको छालासहित ३ जना पक्राउ

बाघको छालासहित ३ जना पक्राउ

  • 1.9K
    SHARES

  • संरक्षित वन्यजन्तु पाटे बाघको छालासहित ३ जना पक्राउ परेका छन् । उनीहरुलाई दाङकाे तुल्सीपुर उपमहानगरपालिका-५ स्थित बसपार्कबाट प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा सल्यान बनगाड किपण्डे नगरपालिका-२ बस्ने ३७ वर्षीय यम बहादुर राना, सल्यान त्रिवेणी गाँउपालिका-१ बस्ने ३० वर्षीय सुरनित रामजा बुढा मगर र सल्यान शारदा नगरपालिका-१ बस्ने २६ वर्षीय रमित सुनार रहेका छन् । उनीहरुले वन्यजन्तुको आखेटोपहार अवैध रुपमा ओसार-पसार तथा खरिद बिक्री गर्न लागेको भन्ने सूचनाको आधारमा केन्द्रीय अनुसन्धान ब्युरो महाराजगंज काठमाडौंबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनीहरुलाई आवश्यक कानूनी कारवाहीका लागि डिभिजन वन कार्यालय घोराही दाङमा बुझाइएको प्रहरीले जनाएको छ ।

    • मंगलवार, माघ २८ २०७६०८:२४:२५
    सम्बन्धित समाचार
    विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ