Logo

बिहिवार, आश्विन २२ गते २०८३

अ

३४ कछुवासहित एक जना पक्राउ

३४ कछुवासहित एक जना पक्राउ

  • 1.3K
    SHARES

  • काठमाडौँ - कछुवाकाे बच्चा बिक्री गर्न हिँड्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । ललितपुरमा दुर्लभ वन्यजन्तु कछुवाको अवैध ओसारपसार गरी बिक्री गरिरहेको भन्ने सूचनाका आधारमा महानगरीय अपराध नियन्त्रण महाशाखा टेकुबाट खटिएको प्रहरी टोलीले डेविट महर्जनलाई पक्राउ गरेको हो । महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक सहकुलबहादुर थापाले ललितपुर हरिसिद्धीका महर्जनलाई पक्राउ गरेको हो । उनलाई ललितपुरको पुल्चोकस्थित लाबिममल नजिकबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनका अनुसार महर्जनले १२ लाख रुपैयाँमा कछुवा कारोबार गर्न खोजेको खुल्न आएको छ । उनको झोला खानतलासी गर्दा ३४ कछुवाका बच्चा फेला परेको महाशाखाले जनाएको छ । उनलाई आवश्यक कारबाहीका लागि मंगलबार जिल्ला डिभिजन वन कार्यालय हात्तीवन पठाइएको प्रहरीले जनाएको छ ।

    • मंगलवार, माघ २८ २०७६१०:१४:१९
    सम्बन्धित समाचार
    विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ