काठमाडौँ - अमेरिकामा सम्पन्न ९२ औँ ओस्कार अवार्डमा दक्षिण काेरियाली फिल्म उत्कृष्ट भएको छ । गत वर्ष सर्वाधिक चर्चामा रहेको कोरियाली फिल्म 'प्यारासाइट' उत्कृष्ट सिनेमा घोषित भएको हाे ।
बोङ् जुन होले निर्देशन गरेको फिल्मले 'जोकर', 'द आइरिसम्यान', 'वान्स अपन अ टाइम' जस्ता फिल्मलाई पछि पार्दै उत्कृष्ट अवार्ड जितेको हो । 'प्यारासाइट'ले ओस्कारमा योसँगै उत्कृष्ट निर्देशक, ओर्जिनल स्क्रिनप्ले र विदेशी भाषातर्फको पहिलाे पुरस्कार पनि हात पारेको छ ।
यससँगै 'प्यारासाइट' विदेशी भाषामा ओस्कार जित्ने पहिलो विदेशी भाषाको फिल्म बनेको छ । यसअघि अंग्रेजी भाषाबाहेक कुनै विदेशी भाषामा निर्माण भएका फिल्मले ओस्कार अवार्ड जित्न सकेका थिएनन् ।
११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ