काठमाडौँ - अख्तितयार दुरुपयाेग अनुसन्धान आयाेगले बालुवाटार जग्गा अनियमितता प्रकरणमा मुछिएका कांग्रेस नेता विजयकुमार गच्छदारलाई फरार अभियुक्तकाे सूचिमा राखेको छ । कानुनी रूपमा फरार रहेका उनको सेवा गर्न नेपाल प्रहरीका १३ जना जवानहरु खटिएका छन् ।
उनको घरमा खाना पकाउनेदेखि गाडी चलाउनेसम्म प्रहरी जवान खटेका छन् । पूर्वगृहमन्त्रीको हैसियतमा उनले सुरक्षाकर्मीको दुरुपयोग गरेका हुन् । भ्रष्टाचार मुद्दा दायर हुँदा समेत उनको घरमा खटिएका प्रहरीलाई गृह मन्त्रालयले फिर्ता बोलाएको छैन ।
उनले आफ्ना पिएसओलाई समेत सहयोगीका रूपमा खटाउने गरेका छन् । जसले गर्दा ठूला ओहाेदाका नेता तथा सुरक्षा निकायले चिनजानका प्रहरी तथा सुरक्षाकर्मी राख्ने गर्दछन् । यस्तो प्रवृति गलत भएको प्रहरी अधिकारीहरू बताउँछन् ।
सुरक्षाकर्मीको दुरुपयोग गर्नेमा गच्छेदार मात्र नभई पूर्वगृहमन्त्रीहरू विमलेन्द्र निधि, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, भीम रावल, कृष्णप्रसाद सिटौला, रामचन्द्र पौडेल, कमल थापा, प्रकाशमान सिंह, जनार्दन शर्मालगायत दर्जनौँ नेताहरु रहेका छन् ।
सुरक्षाका नाममा प्रहरी कर्मचारीको दुरुपयोग भएपछि गृह मन्त्रालयले कटौती गर्ने प्रस्ताव गरेको थियो । त्यससम्बन्धी कार्यविधि बनाएर मन्त्रिपरिषद्मा पेस गरेको ६ महिना भइसकेको छ । तर, नेताहरूकै दबाबमा कार्यविधि पास हुन सकेको छैन ।
११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ