अमेरिका जान पैसा देखाउन भन्दै ६० लाख ठगी गर्ने पक्राउ
अमेरिका जान पैसा देखाउन भन्दै ६० लाख ठगी गर्ने पक्राउ
1.2K
SHARES
काठमाडौँ - अमेरिका जान भिसा प्रोसेसका लागि बैक ब्यालेन्स् देखाउन भनी ६० लाख रुपैयाँ ठगी गरेको अभियोगमा २ जनालाई भक्तपुर ठिमीबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बागलुङ नगरपालिका-२ पयुपाटाका घर भई ललितपुर इमाडोल बस्ने ३४ वर्षीय रामचन्द्र कुँवर र काभ्रेपलाञ्चोक चौउरे देउराली घर भई इमाडोलमै बस्ने ३४ वर्षीय गणेश लामा छन् ।
काठमाडौं तार्केश्वर नगरपालिका-२ बस्ने नुवाकोटकी महिलालाई कुँवरले अमेरिका जानका लागि बैंक ब्यालेन्स् देखाउनुपर्ने भन्दै आफ्नो बैंकका खातामा ६० लाख रुपैयाँ राख्न लगाएका थिए । उनीहरुले सोमबार बैंकको विभिन्न शाखाबाट नक्कली कागजपत्र राखेर रकम निकाली थालेका थिए । त्यससँगै उनीहरु सम्पर्कविहीन भएको खबर पाएपछि महानगरीय अपराध महाशाखा टेकुबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
साथै उनीहरुले अन्य ३ जना समेतबाट ७० लाख रुपैयाँ ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको महाशाखाले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
११ असोज, कामना ।
पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ