Logo

बिहिवार, आश्विन २२ गते २०८३

अ

फेसबुक लाइभमा आत्महत्या गर्ने प्रयास गरेका युवालाई नेपाल प्रहरीले बचाए, फेसबुकले दियो धन्यवाद !

फेसबुक लाइभमा आत्महत्या गर्ने प्रयास गरेका युवालाई नेपाल प्रहरीले बचाए, फेसबुकले दियो धन्यवाद !

  • 1.8K
    SHARES

  • काठमाडौँ -  विश्वकै चर्चित सामाजिक सञ्जाल फेसबुकले नेपाल प्रहरीलाई धन्यवाद दिएको छ । प्रहरीले एक फेसबुक लाइभमा आएर आत्महत्या गर्ने प्रयास गरेका युवालाई बचाउन सफल भएको भन्दै धन्यवाद दिएको हो । अमेरिकास्थित फेसबुकको मुख्यालयले प्रहरीको सिआइबीलाई काठमाडौंमा एक युवा फेसबुक लाइभमा आएर चक्कु प्रहार गरी आत्महत्या गर्ने प्रयास गरिरहेको सूचना पठाएको थियो । सूचना पाउनासाथ सिआइबीको टोली ती युवकको प्रोफाइल हेरेर 'टेक्निकल इन्टेलिजेन्स'मार्फत लोकेसन पत्ता लगायो । लोकेसनमा कालिमाटी क्षेत्र देखेपछि सिआइबीले तत्काल उक्त वृतका डिएसपी रुगम कुँबरलाई घटनाक्रमबारे जानकारी गरायो । सिआइबी र कालिमाटी प्रहरी लोकेसनअनुसार घर खोज्न व्यस्त थाले । बल्लतल्ल युवा भएको स्थान रविभवनको एक घरमा प्रहरी पुगे । प्रहरी पुग्दा उनले चिच्चाइ चिच्चाइ आफ्नै छातीमा चक्कु हानिरहेका थिए । प्रहरीले उनलाई उद्धार गरी अस्पताल लगे । उपचारपछि साँझ उनको परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ । चक्कुले युवाको छातिभरि हल्का चोट लागेको छ । काभ्रे घर भएका २९ वर्षीय ती युवकको प्रेमिका अष्ट्रेलियामा भएको तर लामो समयसम्म भेट हुन नसकेपछि आत्महत्याको निर्णय गरेको प्रहरीले बताएको छ । ती युवकलाई प्रेमिका पैसासमेत पठाइदिने गरेकी थिइन ।

    • मंगलवार, फाल्गुन ६ २०७६०८:४७:३०
    सम्बन्धित समाचार
    विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ