Logo

बिहिवार, आश्विन २२ गते २०८३

अ

सरकारी छाप दुरुपयोग गर्ने ७ जना पक्राउ

सरकारी छाप दुरुपयोग गर्ने ७ जना पक्राउ

  • 2.0K
    SHARES

  • पर्सा / बारा । सरकारी छाप तथा कर्मचारीको दस्तखत किर्ते गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । वीरगंज महानगरपालिकाको वडानम्बर १८ का ४९ वर्षीय बलराम रौनियार, बहुदरमाई नगरपालिका ३ का ३५ वर्षीय सलिम मियाँ र वडानम्बर २ का २४ वर्षीय सुनिल कुमार यादव रहेको प्रहरीले जानकारी दिएको छ । जितपुर सिमरा उपमहानगरपालिका–२ स्थित कित्तानम्बर ११३० भएको १० धुर जग्गाको किर्ते जग्गा धनी पूर्जा बनाई बिक्री वितरण गर्न लागेको सूचनाका आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । त्यस्तै, सरकारी छाप तथा दस्तखत किर्ते गरेको अभियोगमा ४ जनालाई बारा प्रहरीले माघ २३ गते पक्राउ गरेको थियो । किर्ते अभियोगमा पक्राउ पर्नेमा बारा महागढीमाई नगरपालिका–८ का ३९ वर्षीय वोहाव अन्सारी, कलैया उपमहानगरपालिका–६ का ५९ वर्षीय प्रहलाद प्रसाद रेग्मी, कैलाली गोदावरी नगरपालिका–११ का ५० वर्षीय चन्द्र बहादुर सिंह र प्युठान घर भई दाङ घोराही उपमहानगरपालिका–१८ बस्दै आएका ५९ वर्षीय हस्त बहादुर नेपाली रहेका छन् । पक्राउ परेकाहरु उपर सरकारी छाप दस्तखत किर्ते मुद्दामा अनुसन्धान अघि बढेको प्रहरीले जानकारी दिएको छ ।

    • बुधवार, फाल्गुन ७ २०७६०४:१५:४२
    सम्बन्धित समाचार
    विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ