Logo

बिहिवार, आश्विन २२ गते २०८३

अ

अपशब्द बोल्दै ७० करोड घुस यसरी मागेका थिए- मन्त्री गोकुल बास्कोटाले !

अपशब्द बोल्दै ७० करोड घुस यसरी मागेका थिए- मन्त्री गोकुल बास्कोटाले !

  • 2.2K
    SHARES

  • काठमाडौँ - सेक्युरिटी प्रेस खरिदमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले स्विस कम्पनीको एजेन्टसँग घुसको बार्गेनिङ गरेको खुलेको छ । उनले प्रेस खरिद गर्दा कर्मचारीभन्दा आफैसँग कुरा गर्न आग्रह गरेका हुन् । उनले स्विस कम्पनीका एजेन्ट विजय मिश्रसँग दुई मिनेट ३१ सेकेन्ड संवाद गरेका हुन् । उनीहरुले के कुरा गरे... मिश्रः यो १२ गते १२ बजेपछि स्विस एम्बेसी आउँछ होइन त्यसमा चाहिँ स्वीस ऐम्बेसीले बोलायो । तपाइँहरुले बोलाएर आउने होइन, मन्त्री बास्कोटा बीचमा बोल्दै अँ, फेरि मिश्र सकेसम्म एमओयु गर्ने कि भन्ने हिसाबले ऊ गर्न लागेको छ। बास्कोटाः अँ मिश्रः उनले चाहिँ तपाईहरुको कार्यक्रमको उसको बारेमा एम्बेस्डरले चाहिँ छुट्टै छलफल गर्न चाहन्छ क्या उसले बीचमा बोल्दै, मन्त्री बाँस्कोटा ठिक छ । मिश्रः अँ त्यो भएको हुनाले तपाईले त्यति टाइम मिलाइदिनु पर्‍याे । बास्कोटाः मिलाउनुपर्छ । मिश्र: यो उसका लागि हामी आउट अफ ट्याकमा जानेकी तपाईले भनेअनुसार नै जाने त भन्नुस् । बास्कोटाः अब मिश्र कुरा काट्दै कुराचाही मैले राखेको छु, (मन्त्री बास्कोटा क्यापसिटीको कुरा, मिश्र बोल्दै अब कुरा चाहिँ मैले राखेको छु), बास्कोटाः उनीहरुले नर्मलमा ५० भने मिश्र: हँ त्यसमा नर्मलमा कुरा काट्दै । बास्कोटा: पहिला कति निकालेको थियो । मिश्र: यसमा टोटल उसको चाहिँ प्रसेन्टेजमा आउँने हो होइन फेरि । मन्त्री: टोटल कति निस्कन्छ त अहिले त्यो हेरौं । मिश्र: केही न केही त भइरहेको छ होइन त्यही बेशमा जाने हो हामी त अब । उनीहरुले त अरुले नी त्यही मूल्य त्योभन्दा अलि बढी हाल्यो उनीहरुको मूल्यमा भन्दा अलि बढी हालेको भए पुग्थ्यो होइन त्यसमा त्यस्तो केही छैन बेस चाहिँ तपाईहरुकै उसमा जाने हो हामी हँ हँ त्यसो भा तपाईले चाहिँ बास्कोटा: अब सकेसम्म २५, २७ अर्बमा यो टोटल सक्न पाए हुन्थ्यो भन्ने लागेको छ। मान्नुहोस २५ निस्कियो भने कति आउँला ? मिश्र: ७० जति आउँदैन (७० करोड) यो आउट अफ उसमा जाँदा खेरी ७० को हाराहारीमा ६० देखि ७० को हाराहारीमा आउँ छ की ? बास्कोटा: तपाईलाई के गर्छन्, तपाईलाई छुट्टै गर्छन् । मिश्र: टोटल ७४ (७४ करोड) जति आउँछ भन्ने हाम्रो अनुमान मन्त्री: बास्कोटा ७४, ७५ मिश्र: यसमा चाहिँ ३०, ७० प्रतिशत तपाईहरुलाई दिने होइन ३० प्रतिशत हामी राख्ने भन्ने टार्गेट छ । हाम्रो एकदम टान्सपरेन्सी हुन्छ त्यसका केही छैन । बास्कोटा: त्यसो हुँदा कति हुन्छ ? मिश्र: ५४, ५५ तपाईहरुलाई आउने १५, १६ हामीलाई आउने हामीले नि त अलि अलि त होइन, अब आउट अफ ट्याक जाने हो भने । तपाई हामी हिसाब । भन्न खोजेको कुरा बुझिदैन । त्यो तपाईले गर्नुहोस सबै बास्कोटा: एउटा के नरहनुस भने, यस्तो कुरामा यी मु*** कर्मचारीसँग लाग्यो भने, यिनीहरुले हेप्छन् । कुरा बुझ्नु भयो । मिश्र: हो हो बास्कोटा: यो कुरा सचिवलाई पनि नभनौँ (बाँकी कुरा मन्त्रीले भन्न खोजेको बुझिदैन) मिश्र: ठिकै छ, त्यो त्यसो भए म आफै गराउँ । बास्कोटा: एउटा स्टिमेट पनि बनाएर ल्याउनुपर्छ । मिश्र: उसले त लगभग लभगभ उसले त बनाएर राखिराखेको छ । बास्कोटा: यो मु***ले बनाएको त ३५ अर्बको छ नि । यो ३५ अर्ब नि नभएपछि त २७ अर्बको निस्केपछि त २८ । (बास्कोटाले २८ अर्ब बनाएर एक अर्ब घुस माग्छन्) मिश्र: सुन्नु त यो म गर्छु । संवाद सकिन्छ ।

    • बुधवार, फाल्गुन ७ २०७६०८:१८:१०
    सम्बन्धित समाचार
    विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ