फाइल तस्बिर
झापा। एक युवतीलाई आर्थिक प्रलोभन देखाई कोठा भाडामा लिएर यौन धन्दा चलाएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । झापाको मेचीनगरमा कोठा भाडामा लिएर यौन धन्दा चलाउनेहरु पक्राउ परेका हुन् ।
प्रहरीले ७ बस्ने ४४ वर्षीय तुलसी कट्टेल, मेचीनगर नगरपालिका ७ बस्ने ५८ वर्षीय हरि भनिने शिवप्रसाद घिमिरे र मेचीनगरकै ६ बस्ने ४६ वर्षीय सूर्य भनिने श्यामप्रसाद सिवाकोटीलाई पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायव उपरीक्षक राजेन्द्र पोखरेलका अनुसार तीन जना पक्राउ गरिएसँगै दुई युवतीलाई उद्धार गरी घर पठाइएको छ ।
युवतीले यसरी खुलाइन् घटना
गत बिहीबार बिहान मेचीनगर ६ स्थित सडकमा अन्दाजी २० देखि २१ वर्षका दुई जना युवतीलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टाको टोलीले शङ्कास्पद अवस्थामा फेला पारी सोधपुछ गर्ने क्रममा घटना खुलेको हो ।
युवतीहरुले आफ्नो घर भक्तपुर र मोरङ बताएका थिए। युवतीले झापा जिल्ला बाहिर आफ्नो घर बताएपछि प्रहरीले थप सोधपुछ गर्यो । प्रहरीको सोधपुछ क्रममा युवतीले यौन धन्दा चलाएकोबारे बताए ।
उनीहरुले प्रहरीलाई दिएको बयान अनुसार पक्राउ परेका ती व्यक्तिहरूले मेचीनगर ७ स्थित प्यारीभिट्टामा १६ कोठा भएको चार तले घर भाडामा लिएर यौनधन्दा चलाइरहेको खुल्यो ।
त्याहाँ झापाभन्दा बाहिर जिल्लाका युवती राख्ने र कोठामै ग्राहक बोलाएर यौन धन्दा चलाउने गरेको प्रहरी पत्ता लगायो। त्यति मात्र नभई ती व्यक्तिले ग्राहकको चाहना बमोजिम युवतीहरूलाई यौन सम्पर्क गराउन झापाका विभिन्न होटेल तथा लजमा समेत पठाउँदै आइरहेको खुल्यो ।
युवतीको बयानको आधारमा प्रहरी नायव उपरीक्षक पोखरेलले एक दिनमा ५ देखि ६ जना व्यक्तिसँग यौन सम्बन्ध राख्न लगाउने गरेको र प्रति व्यक्ति प्रति घण्टा ५०० शुल्क लिने गरेको पाइएको हो ।
रातको समयमा बाहिर होटेलमा पठाउँदा प्रति रातको २५०० सय सम्म रकम दिने प्रलोभन युवतीहरूलाई दिएको परीक्षक पोखरेलले बताए । तर युवतीले भने यस्तो काम गरेबापत अहिलेसम्म १० हजार रकम मात्र पाएको खुलाएको पाखरेलको भनाइ छ ।
११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ