Logo

बुधवार, आश्विन २१ गते २०८३

अ

चलचित्र ‘हिजो आजका कुरा’को पहिलो गीत सार्वजनिक

चलचित्र ‘हिजो आजका कुरा’को पहिलो गीत सार्वजनिक

  • 1.4K
    SHARES

  • काठमाडाैँ - २०७७ को बैशाख १२ गते रिलिज हुने भनिएको चलचित्र ‘हिजो आजका कुरा’को पहिलो गीत सार्वजनिक भएको छ । लोक लयमा रचिएको ‘माया जदौ’ बोलको गीतमा दर्जन जति चिनिएका तीन पुस्ताका कलाकारको नृत्य छ । सन्तोष पन्त, रमा थपलिया, मदनकृष्ण श्रेष्ठ, निर शाह, भुवन चन्द, मिथिला शर्मा, बसुन्धरा भुषाल, गौरी मल्ल, दिनेश डिसी, दिपाश्री निरौला, जितु नेपाल, केदार घिमिरे, शिवहरी पौडेल, शम्भुजित बाँस्कोटा, ऋचा शर्मा, केकी अधिकरी, रिमा विश्वकर्मा, अनुस्का अधिकारी , नविन के. भट्टराई र साकार पन्त सहित अन्य कलाकारलाई यस  गीतमा देख्न सकिन्छ। आनन्द अधिकारीले लेखेका उक्त गीतमा दिपक शर्माको सङ्गीत रहेको छ भने रामकृष्ण ढकाल र मेलिना राईको स्वर छ । चलचित्रमा  सन्तोष पन्त, रमा थपलिया, ऋचा शर्मा, केकी अधिकारी, रिमा विश्वकर्मा, दिव्य देव पन्त अनुस्का अधिकारी लगायत कलाकारको अभिनय छ । यस चलचित्रको निर्देशन भने सन्तोष पन्तका सुपुत्र साकार पन्तले गरेका हुन् । यसै चलचित्रबाट उनले चलचित्र निर्देशनमा डेव्यु गर्दै छन्। https://youtu.be/v56I3tYAlnQ?t=115 

    • मंगलवार, फाल्गुन १३ २०७६१२:५७:३४
    सम्बन्धित समाचार
    विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ