Logo

बुधवार, आश्विन २१ गते २०८३

अ

आफ्नै बिहेमा दुलाहा नगएपछि प्रहरीमा उजुरी

आफ्नै बिहेमा दुलाहा नगएपछि प्रहरीमा उजुरी

  • 2.0K
    SHARES

  • काठमाडौँ । काठमाडौँमा आयोजित एउटा विवाहमा दुलाहा नै नआएपछि प्रहरीमा उजुरी परेको छ । काठमाडौँको बानेश्वरमा आयोजित विवाह कार्यक्रममा निर्धािरित समयसम्म जन्ती नआएपछि दुलही पक्षले प्रहरीमा उजुरी गरेको हाे । सिनामंगल घर बताउने आश्रेय बस्नेतले आफू इन्जिनियर भएको बताएको र बुवा डाक्टर रहेको बताएका थिए । १५ दिनअघिमात्रै उनीहरूको टीकाटालो भएको थियो । टीकाटालोमा केटी पक्षले केटा पक्षलाई चार तोला सुन समेत दिएको थियो । उजुरीपश्चात बस्नेत बस्ने भनिएको घर पुग्दा उनी त्यही घरमा डेरामा बस्ने गरेको तथ्य खुलेको छ । कोठामा ताला लागेको अवस्थामा प्रहरी उक्त घरमा पुगेको थियो । केटापक्षले हजुरआमा भनेर चिनाएकी मान्छे अहिलेसम्म फेला नपरेको बताइएको छ । कार्डमा उल्लेख गरिएको केटाको बाबु–आमाको नामसमेत नक्कली रहेको बताइएको छ । काठमाडौँबाट एकाएक गायब भएका दुलाहा भने पोखरा विमानस्थलमा भेटिएका छन् । प्रहरी उनको साथबाट ४ हजार डलर समेत फेला पारेको बताइएको छ । काठमाडौँ प्रहरी परिसरका डिएसपी होविन्द्र बोगटीका अनुसार उनको वास्तविक नाम समेत साहिल बस्नेत रहेको छ ।

    • बुधवार, फाल्गुन १४ २०७६११:५०:३४
    सम्बन्धित समाचार
    विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ