न आफू बनाउँछ न बनेको जोगाउँछ
यो सरकार बाँदर हो पुच्छर नभएको।
कार्यक्रम वाह गजलमा ‘सेन्टी सुन्दर’ले सरकारलाई समर्पित गर्दै आफ्नो सुनाएको गजलको शेर हो यो।
काठमाडौंको सर्वनाम थिएटरमा फागुन १७ गते शनिबार वाह गजल परिवारको त्रैमासिक कार्यक्रम ‘वाह गजल’को चौथों शृंखला सम्पन्न भएको छ ।
‘केही पाउनको लागि , आखिर केही त दिनु पर्यो ।
जस्तो कि, श्रद्धाञ्जली पाउन, आफैं सकिनु पर्यो ।’
गजलकार प्रमिला खरेलले माथिलको मतला सुनाउँदा सर्वनामको हल तालीले गुन्जिएको थियो ।
कार्यक्रममा तीन जना गजलकारहररूलाई सुनिएको थियो । पाल्पाका गजलकार सेन्टी सुन्दर, काभ्रेपलान्चोककी प्रमिला खरेल र कैलालीका गजलकार बसन्त हरियालीले आफ्ना ८/८ वटा गजल वाचन गरेका थिए ।
हिँड्न नसके पछि जुलुस मसाल लिएर
जिन्दगी बसेको छ सडकमा थाल लिएर।
बसन्त हरियालीले आफ्नै मौलिक शैलीमा गजल सुनाउदा निकै वाह वाही पाए। आफ्नो निम्ति यो अवसर एक हौसला हो हरियालीले भने । उनले यस अघि कुनै पनि मञ्चमा गजल नसुनाएको बताए ।
राजधानीको कुनै पनि मञ्चमा यसअघि कहिले प्रस्तुत नभएका गजलकारहरुलाई राजधानीमा परिचित बनाउने उद्देश्य राखेर कार्यक्रमको सुरुवात गरिएको कार्यक्रमका योजनाकार मध्येका एक सानू कार्कीले बताए।
हरेक तीन–तीन महिनाको अन्तरालमा संचालन हुने ‘वाह गजल’ कार्यक्रम २०६७ असारदेखि शुरु भएको हो । नयाँ र सम्भावना बोकेका गजलकारहरूलाई स्थान दिनु नै हाम्रो उद्देश्य हो। कार्यक्रमका अर्को योजनाकार मार्मिक रोशनले बताए।
वाह गजल चार युवा सानु कार्की , नवीन प्रधान, मार्मिक रोशन र अभिमन्यु पोख्रेलको संयुक्त सोच हो । वाह गजलको आगामी शृङ्खला जेठमा हुनेछ ।
११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ