Logo

बिहिवार, आश्विन २२ गते २०८३

अ

स्कुटर सिकाउने बहानामा बलात्कार

स्कुटर सिकाउने बहानामा बलात्कार

  • 1.5K
    SHARES

  • सुनसरी । जिल्लामा एक किशोरीलाई स्कुटर सिकाउने बहानामा बलात्कार गरिएको खुलेको छ । आफन्तको संरक्षणमा बस्दै आएकी एक १४ वर्षीया एक किशोरी बलात्कार भएकी हुन् । किशोरीलाई बलात्कार गरेको आरोपमा धरान उप-महानगरपालिकाको वडानम्बर ६ का सन्तोष कार्की पक्राउ परेका छन् । कार्कीले ती किशोरीलाई स्कुटर चलाउन सिकाउने बहानामा जंगलको बाटो लगेर फागुन ११ गते बलात्कार गरेको प्रहरीले जनाएको छ । किशोरीका आफन्त घरमा नभएका बेला घटना भएको थियो। तर आफन्त फर्केर घर आएपछि किशोरीले आफूलाई कार्कीले बलात्कार गरेको जानकारी दिएपछि सोमबार किटानी जाहेरी परेको इलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक ढुण्डीराज न्यौपानेले जानकारी दिएका छन् । न्यौपानेका अनुसार  ‘मौखिक उजुरी आइतबार नै आएपनि लिखित किटानी परेपछि मात्रै किशोरीको मेडिकल जाँच र पीडकलाई कारबाहीका लागि म्याद थपलगायतको आवश्यक प्रक्रिया अघि बढेको छ । पीडित किशोरी सानै छँदा उनकी आमा बितेको र बुबा पनि बेपत्ता भएकाले आफन्तको घरमा शरण लिएर बसिरहेको प्रहरीले जनाएको छ ।

    • सोमवार, फाल्गुन २६ २०७६०६:३३:०६
    सम्बन्धित समाचार
    विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ