Logo

बिहिवार, आश्विन २२ गते २०८३

अ

१७ वर्षदेखि फरार अभियुक्त पक्राउ

१७ वर्षदेखि फरार अभियुक्त पक्राउ

  • 1.2K
    SHARES

  • काठमाडौँ - कर्तव्य ज्यान मुद्दामा अदालतबाट २० वर्ष कैद सजाय पाएर विगत १७ वर्षदेखि फरार एक जना पक्राउ परेकाे छ । उनलाई साेमबार सिरहा प्रहरीले पक्राउ गरेको हाे । पक्राउ पर्नेमा सिरहाको साविक खरुकियाही गाविस–५ हाल लक्ष्मीपुर पतारी गाउँपालिका–५ खरुकियाही निवासी ५५ वर्षीय भोला यादव रहेका छन् । इलाका प्रहरी कार्यालय महेशपुर पतारबाट खटिएको गस्ती टोलीले आफ्नै घरमा लुकीछिपी बसिरहेको अवस्थामा यादवलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिए । यसैगरी कुटपिट मुद्दामा पुनरावेदन अदालत जनकपुर राजविराजबाट एक महिना १५ दिन कैद र ७ सय जरिवानाको सजाय पाएर विसं २०६१ देखि फरार सिरहाको प्रपि–७ निवासी ४५ वर्षीय रामअशिष यादवलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको गस्ती टोलीले लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको प्रवक्ता प्रहरी नायब उपरीक्षक घिमिरेले बताए । त्यस्तै जिल्ला अदालत सिरहाबाट लेनदेन बिगो मुद्दामा तीन महिना कैद जरिवाना सजाय पाएर फरार सिरहाको अर्नामा गाउँपालिका–५ निवासी ५० वर्षीय भुलनीदेवी सदायलाई पक्राउ गरेको छ । अदालतले लेनदेन बिगो मुद्दामा विसं २०७६ मङ्सिर २० गते सदायलाई कैद सजायको फैसला गरेको थियो । अदालतको आदेशपश्चात फरार सदायलाई इलाका प्रहरी कार्यालय अर्नामाबाट खटिएको गस्ती टोलीले पक्राउ गरेको जनाएको छ । पक्राउ परेका तीनै जनालाई आवश्यक कारवाहीका लागि जिल्ला अदालत सिरहामा पेश गरिएको जनाएको छ ।

    • मंगलवार, फाल्गुन २७ २०७६१२:०५:४६
    सम्बन्धित समाचार
    विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ