काठमाडाैँ – पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाको घरमा बम बिस्फोटमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बिस्फोटमा संलग्न विप्लव नेतृत्वको नेकपाका तीन जना रहेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा कैलाली भजनीका ३१ वर्षीय अमृत बहादुर कुमाल क्षेत्री, कैलाली टिकापुरका ३१ वर्षीय लक्ष्मण सेट्टी र कालिकोट सान्नी त्रिवेणीका २७ वर्षीय टेक वि.क रहेको बताइएको छ ।
उनीहरू महानगरीय प्रहरी अपराध महाशाखाबाट खटिएको विशेष अनुसन्धान टोलीले काठमाडौंका विभिन्न ठाउँबाट पक्राउ गरिएको हो ।
पक्राउ पर्नेहरूमा क्षेत्री विप्वल समूहका मध्य कमाण्ड ब्यूरो सदस्य रहेको छन् भने सेट्टी र विक साधारण कार्यकर्ता रहेको प्रहरी जनाएको छ ।
११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ