Logo

बिहिवार, आश्विन २२ गते २०८३

अ

सामान्य प्रकृतिका मुद्दाका कैदीबन्दीलाई रिहा गरिने

सामान्य प्रकृतिका मुद्दाका कैदीबन्दीलाई रिहा गरिने

  • 1.0K
    SHARES

  • काठमाडौँ । विश्वव्यापी रूपमा कोरोना भाइरसको त्रास फैलिएपछि जिल्ला प्रहरी कार्यालय धनुषाले विभिन्न अपराध अनुसन्धानको लागि हिरासतमा राखेका आरोपीलाई मुद्दाको प्रकृति हेरी रिहा गरेर प्रहरी हिरासतको चाप घटाउने रणनीति लिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले गम्भीर प्रकृति बाहेक प्रहरी हिरासतमा रहेका सामान्य प्रकृतिका मुद्दाका अभियुक्तलाई रिहा गरेर चाप घटाउन लागेको बताए । कोरोना भाइरस संक्रमणको त्रास रहेका बेला प्रहरीको हिरासतमा थुनामा भीडभाड हुँदा असुरक्षा हुने भएको हुँदा प्रहरीले थुनुवालाई छिट्टै मुद्दा हेर्ने निकायमा पेश गरेर पुर्पक्षका लागि थुनामा वा रिहा गर्नेछ । प्रहरी उपरीक्षक बस्नेतले कोरोना सर्ने खतराका कारण सामान्य प्रकृतिका मुद्दाका थुनुवालाई रिहा गर्ने रणनीति रहेको बताए । प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले आइतबार १२ थुनुवालाई मुद्दा हेर्ने निकायमा पेश गरिएकामा चार पुर्पक्षका लागि थुनामा पठाइएको र आठ जनालाई रिहा गरिएको बताए । प्रहरी नायब उपरीक्षक कार्कीले आज पनि १० थुनुवालाई मुद्दा हेर्ने अधिकारीसमक्ष पेश गरिरहेको जानकारी दिए । प्रहरी कार्यालयको हिरासतमा ६० जना थुनामा छन् ।

    • सोमवार, चैत्र १० २०७६०७:४९:०२
    सम्बन्धित समाचार
    विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ