Logo

बिहिवार, आश्विन २२ गते २०८३

अ

दिनदिनै नयाँ संक्रमण र मृत्युदर भयावह बन्दै

दिनदिनै नयाँ संक्रमण र मृत्युदर भयावह बन्दै

  • 1.6K
    SHARES

  • काठमाडौँ । चीनको वुहान प्रान्तमा गत डिसेम्बर महिनाको अन्तिम दिन पहिलो पटक पहिचान भएको कोरोना भाइरस ९कोभिड– १९० संक्रमणले सबैभन्दा बढी सताउन थालेको अमेरिकामा संक्रमितको संख्या हालसम्मकै बढी पुगेको छ । अमेरिकामा सबैभन्दा धेरै संक्रमित अमेरिकाको जोन हप्किन्स युनिभर्सिटीका अनुसार यो समाचार तयार पार्दासम्म अमेरिकामा १ लाख ६३ हजार ८ सय ४४ मानिसमा कोरोना संक्रमण भेटिएको छ । गएको २४ घण्टामा अमेरिकामा मात्रै २० हजार ३ सय ५३ जनामा नयाँ संक्रमण पुष्टि भएको हो । इटलीपछि स्पेन आक्रान्त बन्दै गएको २४ घण्टाको आँकाडा हेर्ने हो भने इटलीमा भन्दा स्पेनमा धेरैले ज्यान गुमाएका छन् । ३० मार्चको तथ्यांक अनुसार स्पेनमा ९ सय १३ जनाले ज्यान गुमाएका हुन् । त्यसै गरी इटलीमा ८ सय १२ जनाले ज्यान गुमाएका छन् । पछिल्ला आँकडा विश्लेषण गर्ने हो भने इटली र स्पेनको स्थिति अझै भयावह हुने देखिन्छ । त्यसै गरी अमेरिकामा ५ सय ७३, फ्रान्समा ४ सय १८, बेलायतमा १ सय ८०, इरानमा १ सय १७, नेदरल्याण्ड्समा ९३ र जर्मनीमा १ सय ४ जनाले ज्यान गुमाएको तथ्यांक सार्वजनिक भएको छ । अमेरिकापछि सबैभन्दा बढी संक्रमित इटलीमा देखिएका छन् । इटलीमा १ लाख १ हजार ७ सय ३९ जनामा कोरोना संक्रमण फैलिसकेको तथ्यांक छ । त्यसै गरी स्पेनमा ८७ हजार ९ सय ५६, जर्मनीमा ६६ हजार ८ सय ८५, फ्रान्समा ४४ हजार ५ सय ५० र इरानमा ४१ हजार ४ सय ९५ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । ३७ हजार ७ सय ८९ को मृत्युः २९ हजार ४ सय ९२ जनाको अवस्था चिन्ताजनक गएको २४ घण्टामा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या फेरि बढेर ३ हजार ७ सय २४ पुगेको देखिन्छ– दैनिक आँकडा हेर्ने हो भने यो अहिलेसम्मकै उच्च संख्या थियो । अघिल्लो दिनको तुलनामा सार्वजनिक भएको तथ्यांकमा आज मर्नेको संख्या ६ सय २९ ले बढी हो । नयाँ संक्रमणले अमेरिकालाई थप त्रसित बनाएको छ भने इटली र स्पेनमा अझै पनि ठूलो संख्यामा मानवीय क्षति भइरहेको छ । योसँगै विश्वभरि कोरोना भाइरस संक्रमितको संख्या ७ लाख ८४ हजार ७ सय ९४ पुगेको छ । जसमध्ये १ लाख ६५ हजार ३ सय ८७ जना पूर्ण निको भएर घर फर्किसकेका छन् । कोरोना भाइरसका कारण ३७ हजार ७ सय ८९ को मृत्यु भइसकेको छ । ५ लाख ८१ हजार ६ सय १८ जनामा कोरोना संक्रमण छ– जसमध्ये २९ हजार ४ सय ९२ जनाको अवस्था चिन्ताजनक रहेको छ ।

    • सोमवार, चैत्र १७ २०७६०९:३३:२५
    सम्बन्धित समाचार
    विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ