Logo

बुधवार, आश्विन २१ गते २०८३

अ

दोस्रो विश्वयुद्धपछिकै ठूलो चुनौती बन्याे काेराेना: राष्ट्रसंघ

दोस्रो विश्वयुद्धपछिकै ठूलो चुनौती बन्याे काेराेना: राष्ट्रसंघ

  • 2.4K
    SHARES

  • काठमाडौँ । गत वर्षकाे डिसेम्बर ३१ तारेखका दिन पहिचान भएकाे काेराेना भाइरस संसारका लागि चुनाैती बनेकाे छ । यसैबीच संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले कोरोना भाइरस (कोभिड-१९) लाई दोस्रो विश्वयुद्धपछिकै ठूलो चुनौती भएको बताएका छन् । काेराेना भाइरसकाे संक्रमण अहिले महामारीकाे रूपमा २ सयभन्दा बढी देशमा फैलिसकेकाे छ भने ४२ हजार भन्दा बढीले ज्यान गुमाइसमेका छन् । झण्डै ८ लाख ५० हजार मानिसमा यसको लक्षण देखापरेको छ । कोरोना प्रकोप बढेपछि अहिले विश्वका सबैजसो देशले सतर्कता अपनाइरहेका छन् । गुटेरसले कोरोनाले विश्वमा पार्ने सम्भावित सामाजिक आर्थिक प्रभावबारे रिपोर्ट सार्वजनिक गर्दै यस्तो बताएका हुन् । उनले अहिलेकाे अवस्थामा सुधार नहुने हाे भने कोरोना प्रकोपले विश्वव्यापी मन्दी ल्याउन सक्ने सम्भावना औंल्याएका छन् । ‘कोरोना प्रकोपले अहिलेसम्मकै ठूलो विश्वव्यापी मन्दी ल्याउन सक्छ, जुन कहिल्यै निम्तिएको थिएन,’ गुटेरसले भनेका छन् । निम्न र मध्यमस्तरका देशलाई सघाउन राहत कोष उनले अहिले संयुक्त राष्ट्रसंघले राहत काेष ल्याउने तयारी गरिरहेकाे बताएका छन् । उनले निम्न र मध्यमस्तरका देशलाई कोरोना भाइरसको महामारीबाट परेको मारमा सहयोग होस् भनेर राहत कोष खडा गर्न लागेको जानकारी दिएका हुन् । ‘कोभिड–१९ ठूलो परीक्षा हो । जुन संयुक्त राष्ट्रसंघ गठन भएयता सबै मिलेर सामना गर्दैछौं,’ गुटेरसले भनेका छन् । https://twitter.com/antonioguterres/status/1245093510530748416?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1245093510530748416&ref_url=https%3A%2F%2Fwww.onlinekhabar.com%2F2020%2F04%2F849906

    • मंगलवार, चैत्र १८ २०७६१०:५५:५४
    सम्बन्धित समाचार
    विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ