काठमाडाैँ । कोरोना भाइरसबाट संक्रमित भएको थाहा पाउँदा श्वास नै अबरुद्ध भएको अनुभव टिफानी पिन्क्नीको दिमागमा अझै ताजै छ । न्यूयोर्क शहरकी यी ३९ वर्षीय महिलाले आफू निको मात्र भइनन् अरु बिरामी बचाउनका लागि नयाँ इतिहाससमेत रचिन् । र, गम्भीर बिरामीको उपचारमा सहयोग पुर्याउन आफ्नो रगत दान गरिन् ।
पिन्क्नीले भनिन्, “मेरो रगतमा सायद कोरोनाको उपचारसँग जोडिएका प्रश्नहरूको उत्तर हुन सक्दछ । यो कुरा थाहा पाउँदा मलाई अति खुशी लागेको छ ।”
विश्वभरका चिकित्सकहरूले संक्रामक रोगलाई फैलिन नदिन शताब्दियौं पुरानो उपचार पद्धतिलाई बेवास्ता गरिरहेका छन् : अर्थात् काेरोना भाइरसलाई परास्त गर्न रक्त प्लाज्माको प्रयोग । यसले बिरामी ठिक भइहाल्छ भन्ने कुनै प्रामाणित छैन । तर, ह्युस्टन र न्यूयोर्कमा उपचारपछि ठिक भएका धेरै बिरामीहरू आफ्नो रगत दान गर्न उत्सुकतापूर्वक प्रतिक्षा गरिरहेका छन् । अस्पताल र रक्त केन्द्रहरू पनि यसको नतिजालाई पर्खेर तयारी अवस्थामा बसेका छन् ।
न्यूयोर्कको माउन्ट सिनाई अस्पतालका अध्यक्ष डा डेभिड राइखले भने, “अहिले यो विधिका बारेमा चासो छ, मानिसहरू यो विधि अपनाउन भनिरहेका छन्” यही अस्पतालमा टिफानीको उपचार गरिएको थियो ।
“यो रोग लागेपछि मानिसहरू निःसहाय अनुभव गर्दछन् । कतिपयले जीवनको आशा मार्छन् । रक्तदानले अरु हजारौँको जीवन बचाउन सक्ने सम्भावना छ,” डा डेभिडले भने, “उपचार चलिरहेको बेला, हामी केवल यो आशा गर्छौं कि यसले काम गर्छ ।”
इतिहासका पुस्तकहरूमा “कन्भलेसेन्ट सेरम” भनिने यो प्लाज्मालाई सन् १९१८ को महामारीका दिनहरूमा समेत प्रयोग गरिएको थियो । नयाँ आधुनिक औषधि प्रयोगमा आउनुअघि दादुरा, ब्याक्टेरियल निमोनिया लगायत संक्रमणविरुद्ध पनि यसलाई प्रयोग गरिएको थियो ।
जब संक्रमणले मानिसलाई आक्रमण गर्न थाल्छ, शरीरले प्राेटिनको रुपमा एन्टीबडी उत्पादन गर्दछ । र यसले शरीरभित्र प्रवेश गरेका विषाणुविरुद्ध लड्छ । याे एन्टिबडी मानिसको शरीरको रगतमा तैरिरहेको हुन्छ, र विशेषगरी यो प्लाज्मामा रहेको हुन्छ अर्थात् रगतको पहेँलो भाग । यो एन्टिबडी तत्व रगतमा महिनौँ, वर्षौंसम्म रहन्छ ।
“जब नयाँ रोगहरू देखा पर्दछन्, वैज्ञानिकहरू खोप वा औषधिका लागि दौडिरहेका हुन्छन्, त्यसबखत यो एक द्रुतगतिको पहिलो उपाय हो जुन हामी चाँडै राख्न सक्छौँ,” सेन्ट लुइसस्थित वासिङ्टन विश्वविद्यालय स्कूल अफ मेडिसिनका डा. जेफ्री हेन्डरसनले भने । यस विश्वविद्यालयले प्लाज्माको सम्भावनाबारे देशव्यापी अध्ययनको नेतृत्व गरिरहेको छ ।
“यो आफैँमा उपचार पक्कै होइन, तर यो रोगको गम्भीरतालाई कम गर्ने एक तरिका हो,” हेन्डरसनले भने । चिकित्सकहरूलाई अद्यपि कोरोना भाइरसबाट निको भएका व्यक्तिको एन्टिबडीले कहिलेसम्म काम गर्दछ भन्ने थाहा छैन ।
“तर अहिलेका लागि तिनीहरू सडकमा सबैभन्दा सुरक्षित व्यक्तिहरू हुन्” सियाटलमा ब्लडवर्क नर्थवेस्टका डा. रेबेका हेलीको भनाइ छ । यो संस्थाले रक्तदाताको पहिचान गर्दछ । “हामी उनीहरूबाट एन्टिबडी प्राप्त गर्न दबाब भने दिँदैनौं ।”
गत हप्ता, अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडिए)ले अस्पतालहरूलाई सम्भावित प्लाज्मा प्रयोग कसरी गर्ने भन्ने बारेमा एउटा निर्देशिका जारी गरेको छ । एफडिएले हरियो बत्ती बाल्नासाथ ह्युस्टन मेथोडिष्ट अस्पताल र माउन्ट सिनाई अस्पतालले प्लाज्माको प्रयोगको सम्भावना खोज्न थालेका छन् ।
निराश मानिसहरू आफ्ना बिरामी प्रियजनको जीवन बचाउन रक्तदातालाई अनुरोध गर्दै सामाजिक सञ्जालमा सोध्न थालेका छन् । मिसिगन स्टेट युनिभर्सिटीका अनुसार एक हजारभन्दा बढी व्यक्तिले नेसनल कोभिड–१९ कन्भलेसेन्ट प्लाज्मा प्रोजेक्टमा प्लाज्मा दान गर्ने गरी हस्ताक्षर गरेका छन् । प्लाज्मा दान र अनुसन्धानलाई प्रोत्साहित गर्न दर्जनौँ अस्पतालहरूले मिलेर उक्त समूह गठन गरिएको हो ।
निको भएका र रक्तदान गर्न चाहने दाताहरू रक्तदान केन्द्रमा आउनै पर्छ भन्ने छैन । सर्वप्रथम उनीहरूले आफूलाई कोरोना नभएको प्रमाणित गर्नु पर्दछ । त्यसका लागि उनीहरूको केही हप्ता परीक्षण गरी भाइरस नरहेको सुनिश्चित गरिने छ । तिनीहरू रक्तदानका लागि अन्य आवश्यकताहरू पूरा गर्न पर्याप्त स्वस्थ हुनु पर्दछ । साथै उनीहरूको एन्टिबडीको स्तर पर्याप्त छ कि छैन भनेर जाँच गर्न थप परीक्षण लिइन्छ ।
“तपाईं त्यस्तो व्यक्तिबाट प्लाज्मा लिन सक्नुहुन्न जसको औसत रोग–प्रतिरोधात्मक क्षमता छ । त्यो सहयोगी हुने छैन,” राष्ट्रिय स्वास्थ्य इन्स्टिच्यूटकी डा. जुली लेजरवुडले बताइन् ।
चिनियाँ चिकित्सकहरूले गत हप्ता कन्भलेसेन्ट प्लाज्मा दिएका पाँचजना बिरामीमा केही हप्तापछि सामान्य सुधार भएको बताएका छन् । तर तिनीहरूलाई अन्य थेरापी पनि दिइएको थियो । र व्यापक अध्ययनविना प्लाज्माले काम गरेको छ छैन भन्न सकिन्न ।
कन्भलेसेन्ट प्लाज्माले काम गरेको छ छैन भन्ने जाँच्न बिरामीहरूको नियमित हेरचाह, परीक्षण गर्ने योजना अघि बढाइएको छ । अर्कोतर्फ, एनआइएच अनुसन्धानकर्ताहरूले कोरोनाबाट बाँचेकाको एन्टिबडी स्तर मापन गर्दैछन् । बेइजिङको सिंघुवा विश्वविद्यालयमा अन्य टोलीहरूले प्लाज्माको प्रयोगमार्फत् एन्टिबडी बनाउन र त्यसलाई औषधिमा राख्न सकिने वा नसकिने भन्दै अध्ययन गरिरहेका छन् ।
तर टिफानी जस्ता व्यक्तिहरूले गर्ने रक्तदानलाई रक्त केन्द्रहरूले कति चाँडो प्रशोधन गर्न सक्छन् भन्नेमा पनि निर्भर हुनेछ । मार्चको पहिलो हप्ता उनी बिरामी परेकी थिइन् । उनलाई सुरुमा ज्वरो आएको थियो भने श्वास फेर्न कठिन भएको थियो । कोरोना भाइरस संक्रमित भएपछि उनी ९ र १६ वर्षका छोराहरूको चिन्तामा थिइन् । उनी एकम महिला हुन् ।
उपचारपछि निको भएकी उनलाई अस्पतालले रक्तदान गर्न अनुरोध गरेको थियो । अस्पतालको अनुरोध स्वीकारेकी उनी भन्छिन्, 'आफ्नो रगतले अरु कसैको जीवन बाँचेको खबर सुन्न आतुर छु ।' (लाउरान निगार्ड र मार्शल रिजेलको सहयोगमा )
११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ